Dabali News

Ad

ज्ञवालीको ठाउँमा पोखरेललाई ल्याउने सरकारको तयारी

२७ पुस

काठमाडौँ ।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बारे आज निर्णय हुने भएको छ ।

वर्तमान सिइओ सुशील ज्ञवालीलाई दोस्रो पटक सोधेको स्पष्टीकरण समेत चित्त बुझ्दो नभएको भन्दै सरकारले हटाउने गृहकार्य शुरु गरेको थियो ।

सरकारले नयाँ सिइओमा योजना आयोगका पुर्वउपाध्यक्ष डा. गोविन्द पोखरेललाई नियुक्त गर्ने तयारी गरेको बताइएको छ । यसअघि सुशील कोइराला नेतृत्वको सरकारले पोखरेललाई सिइओ नियुक्त गरेपनि प्राधिकरणको कार्यविधि नबनेको र सरकारले प्रतिस्थापन विधेयक ल्याउन नसकेपछि उहाँको नियुक्ति रद्द भएको थियो ।

काँग्रेस निकट पोखरेललाई नयाँ सिइओ बनाउने सहमति भइसकेको बताइएको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com

Ad