Dabali News

  • Ad

श्रृंखलावद्ध बम बिस्फोटमा परी ५१ जनाको मृत्यु, राजदूतसमेत घाइते

bom

२७ पुस

काठमाडौँ ।

अफगानिस्तानको राजधानी काबुलसहितका विभिन्न स्थानमा गराइएको श्रृंखलावद्ध बम आक्रमणमा ५१ जना मारिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार काबुलस्थित संसद भवननजिक दुईवटा बम विस्फोट गराइँदा ३० जनाभन्दा धेरै मारिएका छन् । घटनामा कम्तिमा ८० जना घाइते भएका छन् ।

यस्तै कान्दाहारको गभर्नर्स गेष्टहाउसमा गराइएको विस्फोटमा ११ जना मारिएका छन् भने १४ जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । घाइते हुनेमा अफगानिस्तानका लागि युएईका राजदूत पनि छन् ।

त्यसअघि हेल्मन्ड प्रान्तमा एक तालिबानी आक्रमणकारीले आत्मघाती बम विस्फोट गराउँदा कम्तिमा सात जना मारिएका थिए । त्यहाँ गुप्तचर विभागका अधिकारीले प्रयोग गर्ने गेष्ट हाउसलाई लक्षित गरि आक्रमण गरिएको थियो ।

संसद भवन नजिक गराइएको दुई बम विस्फोटको जिम्मा तालिबानले लिएको छ । राष्ट्रपति अशरफ घानीले आक्रमणमा संलग्न सबैलाई दण्डित गरिने बताएका छन् ।

फेसबुकबाट सामूहिक बलात्कारको प्रत्यक्ष प्रशारण,प्रहरी घटनास्थलमै पुग्याे

Facebook

काठमाडाैँ । सामाजिक सञ्जाल फेसबुकबाट सामुहिक बलात्कारकाे प्रत्यक्ष प्रसारण गरियाे भन्दा विश्वास नलाग्न सक्छ । तर,अाइतबार तीन जना युवाहरुले एउटी युवतीलाई सामुहिक बलात्कार गरेकाे फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेका छन् । याे घटना स्वीडेनका हाे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार स्वीडेनको राजधानीबाट करिब एक...

ट्रम्पले चुनावी नारा पूरा गर्न सुरु गरे

5trump

काठमाडौं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अाफ्नाे चुनावी पूरा गर्न सुरुवात गरेका छन् । उनले ब्यापार सम्झौता ट्रान्स प्यासिफिक पार्टनरशीप टीपीपीको सदस्य राष्ट्रबाट बाहिरिने निर्णय गरेका छन् । पूर्व राष्ट्रपति बराक अाेबामाकाे पहलमा १२ राष्ट्र सम्मिलित टीपीपी सम्झौता भएकाे थियाे । ट्रम्पले टीपीपी...

ट्रम्पले सत्ता समालेपछि पहिलाे प्राकृतिक विपत्ती, १८ जनाको मृत्यु

USA

काठमाडाैँ । अमेरिकका राष्ट्रपतिमा डाेनाल्ड ट्रम्पले पद समालेसँगै भिषण अाँधी बेहेरी अाएकाे छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अाँधीले जर्जिया र मिसिसिपी राज्यमा बढी क्षति पुर्याएकाे छ । जर्जियामा मात्रै १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । खराब मौसमसँगै आएको आँधीबेहरीका...

अमेरिकाको दक्षिणी क्षेत्रमा आँधीबेहरी, १६ जनाको मृत्यु

aadhi

अमेरिकाको दक्षिणी क्षेत्रमा खराब मौसम तथा आँधीबेहरीका कारण कम्तिमा १६ जनाको ज्यान गएको छ । जर्जिया र मिसिसिपी राज्यमा बढी क्षति भएको अमेरिकाको आपदकालिन विभागका अधिकारीले बताएका छन् । जर्जियामा १२ जनाको ज्यान गएको छ । खराब मौसमसँगै आएको आँधीबेहरीका कारण बढी...