Dabali News

Ad

महताेले पत्रकारलाई भने-शोषण र विभेदमा परेका जनताकाे पक्षमा लेख्नुस्

२६ पुस

वीरगंज  ।

 मंगलबार बिरगंजमा पार्टी निकट प्रेस मंच नेपालको प्रथम केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष महताेले मधेश र मधेशी जनताहरुको समस्या र हक अधिकार सुनिश्चित गराउन सम्पूर्ण पत्रकारहरु एकजुट भई कलम चलाउनु पर्ने बताए ।

कार्यक्रममा पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह, महासचिव मनिष सुमन, सहमहासचिव सुरेन्द्र कुर्मी, अजय गुप्ता, अर्जुन उप्रेती, केन्द्रीय सदस्य योगेन्द्र राय यादव, भुपेन्द्र महतो, निजामुदिन समानी, उद्योगपति अशोक बैद्य, नागरिक अगुवा डा. दिपक शाक्य, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, हिन्दु परिषदका केन्द्रीय अध्यक्ष पंडित पुरुषोत्तम दुवे लगायतले महाधिवेशन सफलताकाे शुभकामना दिएका थिए ।

दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्य चयन गर्ने छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com