Dabali News

Ad

इन्डोेनेसियामा ७.२ म्याग्निज्यूडको शक्तिशाली भूकम्प

२६ पुस

काठमाडौँ ।

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समयअनुसार मंगलबार विहान २ बजेर १३ मिनेटमा भूकम्प सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रबिन्दू बनाएर ७.२ म्याग्निज्यूडको शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पको केन्द्रबिन्दू ४.५३ डिग्री उत्तरी अक्षांश र १२२.६९ पूर्वी देशान्तरमा परेको चिनियाँ भूकम्प नेटवर्क केन्द्र (सीइएनसी)ले जनाको छ । उता अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) केन्द्रले भने ६.९ म्याग्निच्यूडको भएको जनाएको छ ।

भूकम्पबाट भएको क्षतिबारे विस्तृत् विवरण प्राप्त हुन सकेको छैन । भूकम्पका कारण सुनामी आउनसक्ने विषयमा कुनै चेतावनी भने दिइएको छैन ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com