Dabali News

धुर्मुस-सुन्तलीले निर्माण सुरु गरे तेस्रो नमूना बस्ती

२६ पुस

काठमाडौं ।

कलाकार सीतारमा कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले तेस्राे तेस्रो एकीकृत नमूना बस्ती निर्माण सुरु गरेका छन् । महोत्तरी, बर्दिवास नगरपालिका-२ स्थित मुसहर बस्तीमा उनीहरुले बस्ती निर्माण सुरु गरेका हुन् ।

नमूना बस्तीको वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठसहित कालाकारहरुले संयुक्त रुपमा बस्तीकाे शिलान्यासमा गरेकाे हुन् । कार्यक्रममा कलाकारहरु मनोज गजुरेल, किरण केसी, जितु नेपाल पनि पुगेका थिए ।

मुसहर समुदायले धुर्मुस र सुन्तलीलाई माला लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा ४ करोड ७८ लाख लागतमा बन्ने बस्ती अपांग मैत्री, बाल मैत्री हुने तथा नमूना बस्तीमा ५० वटा घर एक सामुदायीक भवन, एक बाल उद्यान र एक मन्दिर समेत निर्माण गरिने धुर्मुसले जानकारी दिए ।

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-460....
Email
onlinedabalis@gmail.com
newsdabali@gmail.com