Dabali News

  • Ad

रुँदै बिदाई भए ओबामा

obama-bye

काठमाडौँ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकाल सकिएको छ । दुई वर्षीय कार्यकाल पूरा गर्दै रुँदै विदाई भएका छन् ।

बिदाई कार्यक्रममा बोल्दै आफूले सत्ता समालेपछि अमेरिका हरेक हिसाबले राम्रो र सुरक्षित भएको जिकीर गरे । उनले अमेरिकी मुस्लिमविरुद्धको भेदभाद अन्त्य गरिएको दावी पनि गरे ।

राष्ट्रपतिका रुपमा शिकागोमा बिदाई भाषण दिँदै ओबामाले जातीय भेदभाव अन्त्यका लागि अझै धेरै काम गर्न जरुरी रहेको पनि बताए । आफ्नो कार्यकालमा ओसामा बिन लादेनलगायतका सयौं आतंककारीलाई समाप्त गरेको उल्लेख गर्दै उनले इराकबाट अमेरिकी सेनालाई फिर्ता गर्दै आर्थिक अवस्था राम्रो बनाउन सफल भएको बताए ।

ओबामाले बाहिरी आक्रमणप्रति अमेरिका सजग रहेको भन्दै रुस र चीनले अमेरिकासँग बराबरी गर्न नसक्ने स्पष्ट पारे ।
कार्यकालमा इरान र क्यूवासँगको सम्बन्धमा निकै सुधार आएको चर्चासमेत गरे ।

अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति ५५ वर्षीय ओबामा पहिलो कार्यकालका लागि सन् २००८ मा निर्वाचित भएका थिए । सन् २०१२ मा उनले दोस्रो कार्यकालका लागि जनादेश पाए ।

ओबामाको स्थानमा आउन लागेका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा प्रशासनका धेरै नीति परिवर्तन गर्ने घोषणा गरिसकेका छन् । ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गर्दैछन् ।

फेसबुकबाट सामूहिक बलात्कारको प्रत्यक्ष प्रशारण,प्रहरी घटनास्थलमै पुग्याे

Facebook

काठमाडाैँ । सामाजिक सञ्जाल फेसबुकबाट सामुहिक बलात्कारकाे प्रत्यक्ष प्रसारण गरियाे भन्दा विश्वास नलाग्न सक्छ । तर,अाइतबार तीन जना युवाहरुले एउटी युवतीलाई सामुहिक बलात्कार गरेकाे फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेका छन् । याे घटना स्वीडेनका हाे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार स्वीडेनको राजधानीबाट करिब एक...

ट्रम्पले चुनावी नारा पूरा गर्न सुरु गरे

5trump

काठमाडौं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अाफ्नाे चुनावी पूरा गर्न सुरुवात गरेका छन् । उनले ब्यापार सम्झौता ट्रान्स प्यासिफिक पार्टनरशीप टीपीपीको सदस्य राष्ट्रबाट बाहिरिने निर्णय गरेका छन् । पूर्व राष्ट्रपति बराक अाेबामाकाे पहलमा १२ राष्ट्र सम्मिलित टीपीपी सम्झौता भएकाे थियाे । ट्रम्पले टीपीपी...

ट्रम्पले सत्ता समालेपछि पहिलाे प्राकृतिक विपत्ती, १८ जनाको मृत्यु

USA

काठमाडाैँ । अमेरिकका राष्ट्रपतिमा डाेनाल्ड ट्रम्पले पद समालेसँगै भिषण अाँधी बेहेरी अाएकाे छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अाँधीले जर्जिया र मिसिसिपी राज्यमा बढी क्षति पुर्याएकाे छ । जर्जियामा मात्रै १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । खराब मौसमसँगै आएको आँधीबेहरीका...

अमेरिकाको दक्षिणी क्षेत्रमा आँधीबेहरी, १६ जनाको मृत्यु

aadhi

अमेरिकाको दक्षिणी क्षेत्रमा खराब मौसम तथा आँधीबेहरीका कारण कम्तिमा १६ जनाको ज्यान गएको छ । जर्जिया र मिसिसिपी राज्यमा बढी क्षति भएको अमेरिकाको आपदकालिन विभागका अधिकारीले बताएका छन् । जर्जियामा १२ जनाको ज्यान गएको छ । खराब मौसमसँगै आएको आँधीबेहरीका कारण बढी...