Dabali News

Ad

धारामा गिलास थाप्दै प्रधानमन्त्रीले भने-खानेपानी जनताकाे माैलिक हक हाे

२६ पुस

भरतपुर ।

प्रधानमन्त्री प्रचण्डले चितवनको समग्र विकासको प्याकेज छिट्टै ल्याउने बताएका छन् । मंगलबार मेघौलीमा रहेको साना शहरी खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

‘बन्यजन्तुको आक्रमणबाट संरक्षणका लागि तारजाली, मेघौली एयरपोर्ट पुनःसञ्चालनको व्यवस्था गरिनेछ । नारायणगढ-गोलाघाट मोटरबाटो र गोलाघाट पुल निर्माणमा मेरो गम्भीर ध्यान गएको छ’ प्रधानमन्त्रीले भने । ठोरीदेखि केरुङसम्म जोड्ने बाटो निर्माणका लागि पहल गरिरहेको प्रधानमन्त्रीले जानकारी समेत गराएका थिए ।

खानेपानी पानी पाउनु जनताको मौलिक हक भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘खानेपानीको समस्या नेपालको आधारभूत समस्या हो । यसमा पछिल्लो समयमा सुधार आएको छ । संविधानमा खानेपानीलाई जनताको मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । यसको व्यवहारिक कार्यान्वयन अहिलेको मूख्य दायित्व हो । यस्ता आयोजनाहरुले त्यस्तो व्यवस्थाको कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेका छन् ।’

कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेल, भूमिसुधार तथा व्यवस्था मन्त्री बिक्रम पाण्डे, सांसद रुक्मिनी चौधरी, पूर्वउपप्रधानमन्त्री अमिक शेरचन लगायतको उपस्थिति रहेको थियो ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com

Ad