Dabali News

  • Ad

भारतकाे अादेशमा संशाेधन विधेयक टेबुलः केसी

chitra bdr kc

२६ पुस

भक्तपुर ।

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले संघीयता र नेपालमध्ये एकमात्र रहने बताएका छन् ।

रफत सञ्चार क्लबकाे कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीले भने, ‘पहाड र तराइलाई टुक्राएर आफ्नो लामो समयदेखिको योजना पूरा गर्न संघीयता नेपालीको घाँटीमा जबरजस्ती भिडाएर कालान्तरमा नेपाललाई भारतमा गाभ्ने योजना छ । अब संघीयता र नेपालमध्ये एउटामात्र रहन्छ ।’ कसीले बिदेशीको आदेश पालना गर्न वर्तमान सरकारले विराेधकाे बीच संशोधन बिधेयक टेबल गरेकाे बताए ।

भारतीय स्वार्थमा पुनःसंरचना गर्न सत्तासिन दलहरु लागि परेको अाराेप लगाउँदै केसीले भने, ‘महिनौं दिनसम्म पनि लोकमानविरुद्धको महाअभियोग अड्काएर राख्न मिल्ने तर सांसदहरुको तलब बढाउने काम दुई घण्टामै सक्नेहरुले भारतको आदेश नआएसम्म आफ्नो बिबेकले काम गर्दैनन् ।’ उनले नेपालको तराई क्षेत्रको भु-भाग भारतले आफ्नो कब्जामा पार्ने रणनीतिमा संघीयतालाई उपयाेग गरिएकाे  बताए ।

अध्यक्ष केसीले मधेशी मोर्चा आफ्नो बिबेकले भन्दापनि भारतको आदेश पालना गर्नेतर्फ लागेको बताए । ‘पाँच नम्बर प्रदेशलाई टुक्राएर पहाड र तराईबीचको फाटो ल्याउने र अन्ततः भारतको योजनाअनुसार भारतको कब्जामा लैजाने रणनीति हाे’ केसीले भने ।

संशोधनकाे बहानामा देशलाई विखण्डन गर्ने प्रयासः सचिव ज्ञवाली

Pradeep

म्याग्दी । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संविधान संशोधनको बहानामा देशलाई विखण्डन र सामाजिक सद्भाव खल्बलाउने प्रयास भइरहेकाे बताएका छन् । प्रेस चौतारीले शनिबार म्याग्दीकाे बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै सचिव ज्ञवालीले राष्ट्रिय र सामाजिक एकता कायम गर्न एमालेले मेची–महाकाली अभियान सञ्चालन...

२० किलाे चामलबाट बिच्किएका कर्णालीका अगुवा प्रधानमन्त्री र सञ्चारमन्त्रीसँग अागाे

naresh bhandari

काठमाडाैँ । बीस किलाे चामल दिएर कर्णालीकाे अपमान गरेकाे भन्दै एक जुट भएर प्रधानमन्त्री प्रचण्डसँग अाक्राेसित भएका कर्णालीबासी फेरि अागाे भएका छन् । बिहीबारकाे मन्त्रिपरिषद् बैठकले रेडियाे नेपालकाे कार्यकारी निर्देशकमा सुरेशकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय सार्वजनिक भएसँगै कर्णालीका राजनीतिक अगुवाहरुले सरकार र...

लाेकमानलाई कालाेमाेसाे दल्ने प्रकाश-चन्द्र छुट्दै

lokman-prakash-chandra

काठमाडाैैँ । अख्तियारकाे पूर्व प्रमुख अायुक्त लाेकमानसिंह कार्कीलाई कालाेमाेसाे दल्ने प्रकाश शाही र चन्द्र बुढा अाज छुट्दै छन् । अदालतकाे अपहेलना गरेकाे भन्दै सर्वाेच्च अदालतले एक महिना जेल राख्न दिएकाे अादेश अाज सकिएकाे हाे । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य शाही र बुढलाई...

थापा र गच्छदारलाई हैसियतमा चित्त नबुझेपछि एक सिटे सांसद मन्त्री

prem-kumar

काठमाडौं । सत्तारुढ माओवादी केन्द्र र नेपाली काँग्रेसले कमल थापा र विजयकुमार गच्छदारको मन्त्रालयमा चित्त बुझाउन नसकेका छैनन् । राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा जान खुट्टा उचालेपनि मन्त्रालयमा चित्त नबुझेपछि एक सिटे पार्टीका एक्ला...