Dabali News

Ad

प्रचण्ड सरकारकाे डाेजर हिलेका सुकुम्बासीमाथि,माअाेवादी सरकारकाे निसानामा सुकुम्बासी नै किन ?

२६ पुस 

धनकुटा ।

सरकारले धनकुटाकाे हिलेका सुकुम्बासीमाथि उठिबास लगाएकाे छ ।

विना विकल्प सरकारले अाइतबार करिब ५० घरपरिवारका टहरमाथि डाेजर लगाएपछि उनीहरुकाे  उठिबास भएकाे हाे । विगत २५ वर्षदेखि साेही स्थानमा बस्दै अाएका उनीहरुकाे विचल्ली भएकाे छ ।

गर्मी माैसममा समेच जाडाे हुने हिलेका सुकुम्बासी खुला अाकाशमुनि राति बिताउन बाध्य भएका छन् । चिसाेका कारण बालक-बद्धाहरु बिरामी परेका छन् । टहराभित्र रहेका खाद्यान्न र सत्ताकपड च्यापिएपछि उनीहरुलाई थप समस्या भएकाे छ । सुकुम्बासीहरु भाेकै चिसाेमा रात दिन बिताइरहेका छन् ।

माअाेवादीकाे नेतृत्वमा सरकर हुँदा किन सुकुम्बासीमाथि डाेजर लगाइन्छ ? तत्कालिन माअाेवादी नेता डा. बाबुराम भट्टराईकाे नेतृत्वमा सरकार हुँदा बागमति किनारमा जीवन गुजरा गरिरहेका सुकुम्बासी बस्तीमा डाेजर लगाइएकाे थियाे ।

hile-sukumbasi

त्यसकाे पाँच वर्षपछि फेरि माअाेवादी केन्द्रका अध्यक्षकाे नेतृत्वमा सरकार छ । यतिबेला नै धनकुटाकाे हिलेका सुकुम्बासी बस्तीमा सरकारले डाेजर लगाएकाे छ । सुकुम्बासीकाे अधिकारकाे कुरा माअाेवादीले उठायाे तर अहिले उनीहरुकाे व्यवस्थापन गर्नुकाे  साटाे उठिबास लगाइरहेकाे छ ।

 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]