Dabali News

Ad

भारतीय हाइड्राेपावर कम्पनीले २० नेपालीलाई जेल हाल्याे 

२६ पुस

महेन्द्रनगर ।

भारतकाे एक कम्पनीमा मजदुरी गरिरहेका २० नेपालीलाई हालिएकाे छ ।

भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीमाले विगत सात महिनादेखि उनीहरुलाई जेल हालेकाे हाे ।न्यून ज्यालामा काम लगाइरहेकाे उक्त कम्पनीले ज्यालामा बढाउन माग गरेपछि कम्पनी प्रशासनले उनीहरुलाई असार महिनादेखि जेलमा राखेको जेलमा भेटेर फर्केका कर्णबहादुर साउदले जानकारी दिएका छन् ।

जेलमा पर्नेमा कञ्चनपुरका बहादुरसिंह भण्डारी, नैनसिंह साउद, नरबहादुर साउद, रणबहादुर साउद, तुला साउद, नरे साउद, टिकेन्द्र साउद, जैदेव ढुङ्गाल, रमेश साउद, गणेश चन्द, गोपाल साउद, भिम साउदलगायत २० जना भन्दा बढी रहेका छन् । उनीहरु सबै कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका र देखतभूली गाविसका बासिन्दा हुन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-460....
Email
onlinedabalis@gmail.com
newsdabali@gmail.com