Dabali News

  • Ad

प्रकाश-चन्द्रकाे रिहाईकाे लागि देशभरका शैक्षिक संस्था ठप्प

prakash-chandra

२६ पुस 

काठमाडाैँ ।

अख्तियारका निवर्तमान प्रमुख अायुक्त लाेकमानसिंह कार्कीलाई कालाेमाेसाे दल्ने प्रकाश शाही र चन्द्र बुढाकाे रिहाईकाे माग गर्दै अाज देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु ठप्प भएका छन् ।

नेकपा (माअाेवादी)निकट अखिल क्रान्तिकारीकाे अाफ्ना कार्यकर्ताकाे रिहाइकाे माग गर्दै शैक्षिक हड्तालकाे अाह्वान गरेकाे हाे ।

काठमाडाैँ उपत्यकाका सबै संस्थागत र सार्वजनिक सबै शैक्षिक संस्थाहरु बन्द छन् । शैक्षिक संस्था बन्द रहेका कारण काठमाडाैँमा जाम कम भएकाे छ ।

अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले संगठनकाे अाह्वानलाई सबैले सहयाेग गरेकाे जानकारी दिँदै बेवास्ता गरे हुन सक्ने क्षतिकाे अाफूहरुले जिम्मा नलिने बताए ।

प्रहरी हिरासतमा रहेका प्रकाश शाही र चन्द्र बुढालाई हिजाेमात्र सर्वोच्च अदालतले १ महिना जेल चलानको फैसला गरेकाे थियाे । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र अनिल सिन्हाको संयुक्त इजलासले एक महिना कैद सजाय सुनाएको हो

 

अखिल क्रान्तिकारीद्वारा मालिका प्राविको परीक्षा कब्जा

dang

घोराही । नेकपा (माओवादी)निकट अलिख क्रान्तिकारी दाङले नियम विपरित परीक्षा संचालन गरेको भन्दै मालिका प्राविको परीक्षामाथि हस्तक्ष गरेको छ । सोमबार घोराहीस्थित रझेना स्कुलमा हुन लागेको परीक्षा कब्जामा लिएको अखिल क्रान्तिकारी दाङ जिल्ला संयोजक मदन केसीको बताए । केसीले एक विज्ञप्ति जारी...

क्रान्ति छाेडेर प्रचण्ड-बाबुराम विदेशीका तलुवा चाटिरहेका छन्ः विप्लव

biplav-prakask-chandra

काठमाडाैँ । नेकपा (माओवादी)का महासचिव विप्लवले प्रचण्ड-बाबुरामले क्रान्ति छाडेर विदेशीको तलुवा चाटिरहेकाे बताएका छन् । उनले प्रचण्ड-बाबुराम क्रान्तिबाट भाग्दैमा क्रान्तिकाे यात्रा नराेकिने समेत बताए । अख्तियारकाे पूर्व प्रमुख लाेकमानसिंह कार्कीलाई कालाेमाेसाे दल्ने प्रकाश शाही र चन्द्र बुढाकाे अभिनन्द कार्यक्रममा अाइतबार बाेल्दै विप्वले दलाल...

लाेकमानलाई कालाेमाेसाे दल्ने प्रकाश-चन्द्रलाई विप्लवले सम्मान गर्दै

prakash-chandra

काठमाडाैँ । नेकपा (माअाेवादी)का महासचिव विप्‍लवले अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगका पूर्व प्रमखु अायुक्त लाेकमानसिंह कार्कीलाई कालाेमाेसाे दल्ने प्रकाश शाही र चन्द्र बुढालाई सम्मान गर्ने भएका छन् । अखिल क्रान्तिकारीकाे अायाेजनामा अाइतबार (अाज) विहान ११ बजे काठमाडाैँकाे कमलादीस्थित प्रज्ञा भवनामा स्वागत तथा अभिनन्दन...

छुटे प्रकाश-चन्द्र, स्वागतकाे लागि हजाराैँ युवा सडकमा (फाेटाेफिचर)

prakash-chandra

काठमाडाैँ । अख्तियारका पूर्व प्रमुख अायुक्त लाेकमानसिंह कार्कीलाई कालाेमाेसाे दल्ने प्रकाश शाही र चन्द्र बुढा जेलबाट छुटेका छन् । सर्वाेच्चभित्रै कालाेमाेसाे दलेर अदालतकाे अपहेलना गरेकाे भन्दै सर्वाेच्चले एक महिनाकाे जेल सजाय सुनाएकाे थियाे । एक महिना पूरा भएसँगै उनीहरु छुटेका छन् ।...