Dabali News

  • Ad

मोदीको शैक्षिक प्रमाणपत्र सार्वजनिक गर्न सूचना अायाेगकाे निर्देशन 

modi

२५ पुस 

काठमाडाैँ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे शैक्षिक प्रमाणपत्र सार्वजनिक गर्न त्यहाँकाे राष्ट्रिय सूचना आयोगले निर्देशन दिएकाे छ ।

भारती संचारमाध्यमका अनुसार अायाेगले दिल्ली विश्वविद्यालयलाई सन् १९७८ को बी.ए. डिग्रीको तथ्यांक सार्वजनिक गर्न निर्देशन दिएको हाे । माेदीले सोही वर्ष उक्त विश्वविद्यालयबाट बी.ए.को डिग्री हासिल गरेको बताइन्छ ।

सूचना आयुक्त श्रीधर आचार्युलुले दिल्ली विश्वविद्यालयको केन्द्रीय जनसम्पर्क अधिकृत मीनाक्षी सहायको दलीललाई पनि खारेज गरेका छन् । मीनाक्षीले त्यस्तो विवरण उपलब्ध गराउँदा तेस्रो व्यक्तिको नीजि जानकारी सार्वजनिक हुने भन्दै तथ्यांक दिन यसअघि अस्वीकार गरेकी थिइन् ।

आम आदमी पार्टीले मोदीको शैक्षिक योग्यताको प्रमाणपत्रमा प्रश्न उठाउँदै आएको छ । तर कुनै विवरण सार्वजनिक नगरे पनि दिल्ली विश्वविद्यालयले मोदीको प्रमाणपत्र सही भएको जनाएको थियो ।

विश्वविद्यालयले तथ्यांक सार्वजनिक गरेपछि मोदीको शैक्षिक प्रमाणपत्र सक्कली हो या नक्कली भन्ने छानविन गर्न सहज हुने अधिकारकर्मीहरुको भनाइ छ ।

फेसबुकबाट सामूहिक बलात्कारको प्रत्यक्ष प्रशारण,प्रहरी घटनास्थलमै पुग्याे

Facebook

काठमाडाैँ । सामाजिक सञ्जाल फेसबुकबाट सामुहिक बलात्कारकाे प्रत्यक्ष प्रसारण गरियाे भन्दा विश्वास नलाग्न सक्छ । तर,अाइतबार तीन जना युवाहरुले एउटी युवतीलाई सामुहिक बलात्कार गरेकाे फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेका छन् । याे घटना स्वीडेनका हाे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार स्वीडेनको राजधानीबाट करिब एक...

ट्रम्पले चुनावी नारा पूरा गर्न सुरु गरे

5trump

काठमाडौं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अाफ्नाे चुनावी पूरा गर्न सुरुवात गरेका छन् । उनले ब्यापार सम्झौता ट्रान्स प्यासिफिक पार्टनरशीप टीपीपीको सदस्य राष्ट्रबाट बाहिरिने निर्णय गरेका छन् । पूर्व राष्ट्रपति बराक अाेबामाकाे पहलमा १२ राष्ट्र सम्मिलित टीपीपी सम्झौता भएकाे थियाे । ट्रम्पले टीपीपी...

ट्रम्पले सत्ता समालेपछि पहिलाे प्राकृतिक विपत्ती, १८ जनाको मृत्यु

USA

काठमाडाैँ । अमेरिकका राष्ट्रपतिमा डाेनाल्ड ट्रम्पले पद समालेसँगै भिषण अाँधी बेहेरी अाएकाे छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अाँधीले जर्जिया र मिसिसिपी राज्यमा बढी क्षति पुर्याएकाे छ । जर्जियामा मात्रै १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । खराब मौसमसँगै आएको आँधीबेहरीका...

अमेरिकाको दक्षिणी क्षेत्रमा आँधीबेहरी, १६ जनाको मृत्यु

aadhi

अमेरिकाको दक्षिणी क्षेत्रमा खराब मौसम तथा आँधीबेहरीका कारण कम्तिमा १६ जनाको ज्यान गएको छ । जर्जिया र मिसिसिपी राज्यमा बढी क्षति भएको अमेरिकाको आपदकालिन विभागका अधिकारीले बताएका छन् । जर्जियामा १२ जनाको ज्यान गएको छ । खराब मौसमसँगै आएको आँधीबेहरीका कारण बढी...