Dabali News

Ad

मेची-महाकालीका सुकुम्बासी जगाउँदै विप्लव माअाेवादी (फाेटाेफिचर)

२५ पुस 

नेपालजंग ।

नेकपा (माअाेवादी)निकट सुकुम्बासीहरु मेची-महाकाली अभियानमा छन् ।

अखिल नेपाल भुमिहीन सुकुम्बासी संघकाे नेतृत्वमा पूर्वकाे झापाबाट सुरु भएकाे अभियान बर्दिया पुगेकाे छ । अभियानकाे नेतृत्व संघका अध्यक्ष अाेमप्रकाश पुनले गरेका छन् ।

‘मेची-महाकाली एकीकृत भूमिहीन सुकुम्बासी जागरण अभियान’को क्रममा झापादेखि तराइ-मधेसका विभिन्न जिल्लाहरुमा सुकुम्बासी समस्या समाधानकाे लागि अन्तरक्रिया-छलफल गरिएकाे अध्यक्ष पुनले अनलाइन डबलीलाई जानकारी दिए । स्थानीय राजनीति पार्टी र सुकुम्बासी अगुवासँग अाफ्नाे पार्टीले अगाडि सारेकाे सुकुम्बासी नीतिमा छलफल भएकाे उनले बताए ।

 

एक महिना दश दिने अभियान कञ्चनपुर पुगेर समापन हुनेछ । अध्यक्ष पुनका अनुसार अभियानपछि संघले सुकुम्बासी समस्या समाधानकाे लागि सरकारलाई दबाबमूलक कार्यक्रम गर्ने छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com