Dabali News

लाेकमानलाई याेग्य देख्ने नेताहरुले माफी माग्नुपर्छः नेपाल 

२५ पुस 

इटहरी ।

एमाले नेता माधव कुमार नेपालले लोकमानलाई योग्य सम्झेर अख्तियारको प्रमुख आयुक्त नियुक्ति गर्नु गल्ती भएको स्वीकार गरेका छन् ।

साेमबार इटहरीमा अायाेजित पत्रकार सम्मेलनमा बाेल्दै नेता नेपालले कार्कीकाे नियुक्तिकाे पक्षमा रहेका सबै पार्टीका नेताले यसप्रति आत्मालोचना गरी माफी  माग्नपर्ने बताएका हुन् । संचारकर्मीकाे प्रश्नकाे जवाफ दिँदै नेता नेपालले गल्ती भएकाे स्वीकार गर्नु नै सजय भएकाे समेत बताए ।

कार्यक्रममा नेता नेपालले संविधान संसोधनमा प्रधानमन्त्रीले देखाएको हतारो कतैबाट निर्देशित भएको आरोप लगाए । उनले संविधान कार्यान्वयनका लागि भने सबै पक्ष एक हुनु पर्ने धारणा राख्दै संसदीय गरिमामा आँच पुग्ने गरी सभामुखले संसोधन विधेयक छलफलका लागि टेबुल गरेकाे बताए ।

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-460....
Email
onlinedabalis@gmail.com
newsdabali@gmail.com