Dabali News

Ad

कर्णालीका सबै घर परिवारलाई हाईड्रोपावरमा एक लाख शेयरः ऊर्जामन्त्री 

 २५ पुस

काठमाडाैँ ।

ऊर्जामन्त्री जनार्दशन शर्मा ‘प्रभाकर’ कर्णालीका सबै घर परिवारलाई हाईड्राेपावरमा एक लाख शेर हाल्न पाउने प्रक्रिया अगाडि बढाइएकाे जानकारी दिएका छन् ।

साेमबार मन्त्रालयमा अायाेजित पत्रकार सम्मेलन गरेर मन्त्रालयले हालसम्म गरेकाे काम र अागमी याेजना सार्वजनिक गरेकाे छ । ‘शेयर लगानी प्रतिबद्धता आह्वान’ गर्दै प्रभाकरले भने, ‘चमेलिया जलविद्युत्तको आयोजनाको काम अब एक तिहाईमात्र बाँकी छ, कर्णाली प्रदेशका सबै घर परिवारले कम्तिमा एक लाख रुपैयाँ शेयर हाल्ने गरी प्रक्रिया अगाडी बढाइएको छ’ मन्त्री शर्माले भने, ‘ढल्केवर प्रशारण लाईन लागायतका बर्षौदेखि अलपत्र आयोजना सुचारु गरिएको छ ।’

‘नेपालकाे पानी जनताकाे लगानी’ नारा बाेकेका ऊर्जमन्त्री प्रभाकरले हाइड्राेपावरमा लगानी गर्न अाह्वान समेत गरे । अनलाइनबाटै लगानी संकगलन गर्न बनाइएकाे वेबसाईटको उद्घाटन गर्दै मन्त्री प्रभाकरले अनलाईबाट संकलन भएको रकम विभिन्न आयोजनाहरुमा लगानी गरिने जानकारी दिए ।

मन्त्री प्रभाकरले पत्रकार सम्मेलनमा अहिले २७२१ मेगवाट बिजुली आवश्यक भएकाे भन्दै आगामी २०३५ सालसम्ममा २९ हजार मेगवाट बिजुली आवश्यक हुने बताए । उनले बंगलादेशबाट उर्जा उत्पादनमा सहकार्यका लागी पठाएको एमओयु विभिन्न निकायहरुसँग सहमति लिएर फिर्ता पठाइसकेकाे जानकारी पनि दिए ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबकाे चार महिनामा मुलुकभर लाेडसेडिङ अन्त्य हुने जानकारी दिए । उनले काठमाडाैँ र पाेखरामा अब लाेडसेडिङ नहुने जानकारी दिँदै पूर्वका केही ठाउँहरुमा सिस्टमका कारण समस्या भएकाे बताए ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com

Ad