Dabali News

Ad

मधेसीलाई कसैले देशभक्तिकाे प्रमाणपत्र दिनु पर्दैनः त्रिपाठी 

२५ पुस

कपिलवस्तु ।
तमलोपाका बरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले मधेसको समस्या समाधान नभएसम्म कुनै पनि निर्वाचन हुन नसक्ने बताएका छन् । मधेसको माग पूरा नभएसम्म आफुहरुले सबै तहका निर्वाचन  हुन नदिने उनकाे ठाेकाेवा थियाे ।
तमलोपाले मानपुरको सेखुवनिया तालमा राखेको जन जागरण कार्यक्रमलाई अाइतबार सम्बाेधन गर्दै ‘जबसम्म लाडाइँ जित्दैनौँ तबसम्म कुनै चुनाव हुन दिदैनौँ’ त्रिपाठीले भने । जनताको सहभागीता बिना कुनै हालतमा निर्वाचन  हुन नसक्ने उनकाे दाबी थियाे । आफुहरुको शान्तिपूर्ण आन्दोलनलाई सत्तापक्ष र प्रमुख बिपक्षी दुबैले बेवास्ता गरेेको र उल्टै देशभक्तिसँग जाेडेर मधेसीकाे खिल्ली उठाएको उपाध्यक्ष त्रिपाठीले भने ।
पुस्तौँदेखि मधेसीहरुले सीमाको रक्षा गर्दै आएकाले मधेसीहरु नै सच्चा देशभक्त भएकाे भन्दै नेता त्रिपाठीले मधेसीहरुलाई देशभक्तिको कसैबाट प्रमाणपत्र नचाहिने बताए । देश गम्भीर मोडमा रहेको उनले सबै मिलेर जाने बेलामा देश टुक्राउने खेलमा लागेको भन्दै मधेसी जनताकाे भावनामाथि सत्तापक्ष र विपक्षीले लेलवाड गरेकाे दाबी गरे ।
janajagarana
जगदीश तिवारीकाे अध्यक्षता र गंगेशनाथ तिवारीको स्वागत मन्तब्यमा भएको कार्यक्रममा सांसद मिना थारु, जितेन्द्र शाह, ईकवाल अहमद शाह, पुर्वमन्त्री ईवर दयाल मिश्रा, मंगल प्रसाद गुप्तालगायले धारणा राखेका थिए ।
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]