Dabali News

Ad

हटे लाेकमान, छुटेनन् प्रकाश-चन्द्र, मंगलबार शैक्षिक हड्ताल 

२५ पुस 

काठमाडाैँ ।

लाेकमानसिंह कार्कीलाई अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगकाे प्रमुख हुन याेग्यता नपुग्ने भन्दै सर्वाेच्च अदालतले नियुक्ति खारेज गरेकाे छ । हिजाेबाटै उनी अख्तियार प्रमुखबाट बिदा भएका छन् ।

अधिवक्ता अाेमप्रकाश अर्यालले कार्कीकाे याेग्यतामाथि नपुगेकाे भन्दै हालेकाे रिटकाे पुनरावाेलकन गर्दै सर्वाेच्चले याे फैसला गरेकाे हाे ।

कार्कीउपर भ्रष्टाचारको मुद्दा चलेको र सफाइ पाएको,जनआन्दोलनको क्रममा शक्ति र पदको दुरुपयोग गर्दै मानवअधिकार उल्लंघन गरेको भनी रायमाझी आयोगले कारबाहीका लागि सिफारिस गरेको,सरकारले मुख्यसचिव पदबाट राष्ट्रिय योजना आयोगको मुख्य अधिकृतमा सरुवा गरेको, सेवाबाट बर्खास्त गर्न नेपाल सरकारले कारबाही चलाएको,स्पष्टिकरण सोध्ने काम भएको  बर्खास्त गर्नका लागि लोकसेवा आयोगमा परामर्शका लागि लेखी पठाएको र कारबाही टुंगो नलाग्दै मुख्य अधिकृतको पदबाट राजनीनामा दिई पदमुक्त भएकाले उच्च नैतिक चरित्रवान भन्न मिलेन भन्दै कार्कीकाे नियुक्ति बदर गर्दै सर्वाेच्चले नयाँ अायुक्त नियुक्त गर्न समेत अादेश गरेकाे छ ।

 

कार्कीलाई अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगकाे प्रमुखबाट हटेपनि उनलाई भ्रष्ट र अनैतिक भन्दै कालाेमाेसाे दल्ने प्रकाश शाही र चन्द्र ढकाललाई भने सरकारले छाेडेकाे छैन । उनीहरुलाई कार्की अाफैले छाेड्न अाग्रह समेत गरेका थिए तर उनीहरु प्रहरी हिरासतमै छन् ।

अाफ्ना कार्यकर्ता रिहाईकाे माग गर्दै अखिल क्रान्तिकारीकाले भाेली मंगलबार देशभर अाम शैक्षिक हडतालकाे घाेषणा गरेकाे छ ।

 

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-460....
Email
onlinedabalis@gmail.com
newsdabali@gmail.com