Dabali News

  • Ad

लाेकमानकाे दादागिरीलाई घेराबन्दी  गर्नेहरु 

lokman-gherabandi

२४ पुस

काठमाडौं ।

सर्वोच्च अदालतले अख्यियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीको नियुक्ति बदर गरिदिएको छ । अाइतबार सर्वोच्चको साे फैसलासँगै कार्की पदमुक्त भएका छन् ।

न्यायाधीश ईश्वर प्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र अनिल कुमार सिन्हाको पुर्ण इजलासले नियुक्तिका क्रममा योग्यता नपुगेको भन्दै कार्कीलाइ पदमुक्त गर्ने फैसला गरेको हो ।

फैसलामा राजाप्रसाद सेवामा रहेको अवधिलाई अनुसन्धानको क्षेत्रमा कार्य गरेको भन्न नमिल्ने, रायमाझी आयोगको प्रतिवेदनपछि स्पष्टिकरण सोधिएकाले उच्च नैतिक चरित्र पनि नदेखिएको भन्दै कार्कीको नियुक्ति बदर हु्ने उल्लेख छ ।

सर्वोच्चले कार्कीलाई सिफारिस गर्नेगरी भएको संवैधानिक परिषद्को निर्णय, राष्ट्रपतिबाट भएको नियुक्ति, प्रमुख आयुक्तमा प्रधान्याधीसबाट भएको सपथ उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर गरेको हो ।

सर्वोच्चले अख्तियारको प्रमुख आयुक्तमा संविधान बमोजिम अर्को व्यक्ति नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश समेत जारी गरेको छ ।

२०७० साल बैशाख २५ गते गरिएको कार्कीको नियुक्तीे नेपालको अन्तरिम संविधान २०६३ को धारा १ सय १९ को उपधारा ५ बमोजिम को योग्यता नभएको फैसलामा उल्लेख गरिएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिट सर्वोच्चले २०७१ साल असोज ८ गते खारेज गर्न भनेको थियो । सो आदेश उपर पुनरावलोकनका लागि २०७२ मङ्सिर ९ गते निवेदकले दायर गरेको रिटमा  सर्वोच्चले गत भदौ ३१  निस्सा प्रदान गरेको थियो ।

कुनै बेला लाेकमानकाे हाइहाइ थियाे । त्यही बेला नेकपा (माअाेवादी)ले लाेकमान महाभ्रष्ट भएकाे भन्दै कारवाहीकाे अवाज उठाएकाे थियाे । कसैले यसलाई हाँसाेकाे विषय बनाएका थिए ।

सडकबाट लाेकमानविरुद्ध पहिलाे बाेल्ने नेत्रविक्रम चन्द ‘विप्लव’ हुने भने अदालतकाे ढाेका ढकढकाउने अधिबक्ता अर्याल हुन् । त्यस्तै संसदमा लाेकमानविरुद्ध महाअभियाेगकाे याेजना माअाेवादी केन्द्रका नेता ऊर्जामन्त्री जनार्दशन शर्मा ‘प्रभाकर’, महेन्द्र शाही र भानुभक्त ढकालहरु हुन् ।

नागरिककाे अावाजकाे रुपमा डा. गाेविन्द केसीले पनि कार्कीकाे महाअभियाेगका माग गर्दै अनसननै बसेका थिए ।

सुशीला कार्कीले पहिलाे पटक सर्वाेच्चकाे नेतृत्व समालेपछि कार्कीलाई न्यायीक रुपमै कारवाही गर्ने बाटाे खाेलिएकाे थियाे । उनले अघिल्लाे नेतृत्वले खारेज गरेकाे मुद्दालाई ब्युताएकी थिइन् । उनले याे मुद्दा नब्युतिएकाे भए  विप्लवले कि संसदले कि विप्लवले भने जसरी नै कारवाहीकाे भागीदार एक दिन लाेकमानले अवश्य हुनु पर्ने नै थियाे ।

संशोधनकाे बहानामा देशलाई विखण्डन गर्ने प्रयासः सचिव ज्ञवाली

Pradeep

म्याग्दी । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संविधान संशोधनको बहानामा देशलाई विखण्डन र सामाजिक सद्भाव खल्बलाउने प्रयास भइरहेकाे बताएका छन् । प्रेस चौतारीले शनिबार म्याग्दीकाे बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै सचिव ज्ञवालीले राष्ट्रिय र सामाजिक एकता कायम गर्न एमालेले मेची–महाकाली अभियान सञ्चालन...

२० किलाे चामलबाट बिच्किएका कर्णालीका अगुवा प्रधानमन्त्री र सञ्चारमन्त्रीसँग अागाे

naresh bhandari

काठमाडाैँ । बीस किलाे चामल दिएर कर्णालीकाे अपमान गरेकाे भन्दै एक जुट भएर प्रधानमन्त्री प्रचण्डसँग अाक्राेसित भएका कर्णालीबासी फेरि अागाे भएका छन् । बिहीबारकाे मन्त्रिपरिषद् बैठकले रेडियाे नेपालकाे कार्यकारी निर्देशकमा सुरेशकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय सार्वजनिक भएसँगै कर्णालीका राजनीतिक अगुवाहरुले सरकार र...

लाेकमानलाई कालाेमाेसाे दल्ने प्रकाश-चन्द्र छुट्दै

lokman-prakash-chandra

काठमाडाैैँ । अख्तियारकाे पूर्व प्रमुख अायुक्त लाेकमानसिंह कार्कीलाई कालाेमाेसाे दल्ने प्रकाश शाही र चन्द्र बुढा अाज छुट्दै छन् । अदालतकाे अपहेलना गरेकाे भन्दै सर्वाेच्च अदालतले एक महिना जेल राख्न दिएकाे अादेश अाज सकिएकाे हाे । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य शाही र बुढलाई...

थापा र गच्छदारलाई हैसियतमा चित्त नबुझेपछि एक सिटे सांसद मन्त्री

prem-kumar

काठमाडौं । सत्तारुढ माओवादी केन्द्र र नेपाली काँग्रेसले कमल थापा र विजयकुमार गच्छदारको मन्त्रालयमा चित्त बुझाउन नसकेका छैनन् । राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा जान खुट्टा उचालेपनि मन्त्रालयमा चित्त नबुझेपछि एक सिटे पार्टीका एक्ला...