Dabali News

  • Ad

‘प्रचण्ड सरकार अवैध खाेले ठेकेदारकाे पक्षमा’ 

ldo

२४ पुस

परासी ।

सरकारले हाजिर भएकाे एक महिना नपुग्दै स्थानीय विकास अधिकारीकाे सरुवा गरेपछि स्थानीयहरुले विराेध गरेका छन् ।

बाँकीबाट सरुवा भएर अाएका एलडिअाे जिवलाल भुषाललाई काज सरुवा गरिएकाे छ । भुषालले जिल्ला आउन वित्तिकै जिल्लाका विभिन्न खोलाहरुबाट अवैध ढुङ्गागिट्टी बालुवा र टिप्परहरु नियन्त्रणमा लिएका थिए । खोला ठेकेदारहरु प्रभावमा परेर सरकारले भुषालको धादिङ्ग काज सरुवा गरेकाे हाे ।

तीन महिनाभित्र सबै खोलाहरुबाट अवैध रुपमा निकासी हुने नदीजन्य पदार्थहरु राेकेर जिल्लाको राजस्व वृद्धि गर्ने प्रतिबद्धता जनाएपछि ठेकेदारहरु भुषालको सरुवाका लागि ३ सातादेखि मन्त्रालमा दौडधुप गर्दै आएका थिए । विभिन्न खोलाहरुबाट अवैध उत्खनन गरी स्टक गरिएको १६ लाख २ हजार ५ सय घनमिटर ढुङ्गागिट्टी बालुवा जफत गर्दै ओसारपोसार गर्ने २७ वटा टिप्पर, ३ वटा जेसिभी र २ वटा ट्याक्टर नियन्त्रणमा लिएका थिए ।

ठेकेदारहरुले अाफ्नाे अवैध धन्दामा अवराेध हुने भएपछि भुषाललाई धादिङ्ग र याेजना प्रमुख प्रकाश पन्थीलाई मन्त्रालय काज सरुवा गराएको छ । स्थानीय विकास अधिकारी भुषालले जफत गरिएको स्टकहरु निलाम गर्ने र नियन्त्रणमा लिइएको सवारी साधनहरुलाई कार्वाही गर्न खोज्दा ठेकेदार कम्पनीेले पुनरावेदनमा रिट दायर गरेपछि अदालतले पनि राेकेकाे थियाे । ठेकेदारहरुले जिविसको नियन्त्रणमा रहेका २७ टिप्पर मध्ये १६ वटा टिप्पर ३५ लाख रुपिया जरिवाना तिरीे छुटाएका थिए भने अरु बाँकी टिप्पर, जेसिभीहरु अझै जिविसको नियन्त्रणमा छन् । सबै खोलाहरुको वातावरणिय प्रभाव मुल्याङ्कन परीक्षण गरी ठेक्क प्रकृयामा ल्याउने र अवैध उत्खनन रोक्दै चोरी तस्करी गर्नेलाई कारवाही गर्ने भुषालकाे याेजना थियाे ।

मधेशी थरुहट संयुक्त लोकतान्त्रिक मोर्चा नवलपरासीले सरुवाकाे विराेध गरेकाे  छ । राम्रो काम गर्दै आएका एलडिओ र योजना अधिकृतको सरुवा भएको खबरसँगै मोर्चाले आपत्ति जनाउदै हिजो शुक्रबार तिनको सरुवा रोक्न जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण समेत गराएकाे थियाे । 

स्थानीयले सरकार अवैध खाेले ठेकेदारकाे पक्षमा रहेकाे भन्दै राम्राे काम गर्ने एलडिअाेकाे सरुवा राेक्न माग गरेका छन् ।

संशोधनकाे बहानामा देशलाई विखण्डन गर्ने प्रयासः सचिव ज्ञवाली

Pradeep

म्याग्दी । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संविधान संशोधनको बहानामा देशलाई विखण्डन र सामाजिक सद्भाव खल्बलाउने प्रयास भइरहेकाे बताएका छन् । प्रेस चौतारीले शनिबार म्याग्दीकाे बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै सचिव ज्ञवालीले राष्ट्रिय र सामाजिक एकता कायम गर्न एमालेले मेची–महाकाली अभियान सञ्चालन...

ट्र्याक्टर दुर्घटना हुँदा बालिकाको मृत्यु, दुई गम्भीर घाइते

Accident1

खोटाङ । ट्र्याक्टर दुर्घटना हुँदा खोटाङमा एक बालिकाको घटनास्थलमै ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । दिक्तेल नगरपालिका–११ स्थित मेघेचौतारामा गएराति ना ४ च ५३६७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही स्थानकी आठ वर्षीया बालिका आशा तामाङको घटनास्थलमै मृत्यु भएको...

सांसदका विकासे याेजनाः बाँडीचुँडी खाउँ

sansad

बैतडी । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतका योजनाहरु सांसहरुले मनपरी रुपमा छनाेट गरेका छन् । निर्देशिका विपरीत याेजना छनोट भएपछि चर्काे विराेध भइरहेकाे छ । सांसदले आफ्नै गोजीबाट कार्यकर्ता पाल्ने हिसाबले योजना छनोट गरेको स्थानीय बासिन्दाले आरोप...

सुस्ताकाे विकासमा भारतीय अवरोध

susta 1

परासी । सुस्तामा निर्मित भौतिक पुर्वाधारका कार्यहरु भारतले अवरोध गरेकाे छ । सुस्तामा झुलुङ्गेपुल, तटबन्ध, बाटो, बस्ती विकासलगायत सम्पूर्ण विकास निर्माण कार्य बन्द भएका छन् ।  भारतकाे अवरोध हटाएर पुनः निर्माण कार्य  सुचार गराउन जिल्लाका सरकारी निकायले सुस्ताको अनुगमन गरेका छन् । नेपालको सीमाना...