Dabali News

Ad

यूएईमा कर्ण ढकालकाे मानव तस्करी-दलाली व्यवसाय र मेराे भाेगाइ

वैदेशिक राेजगारीकाे नाममा धेरै नेपाली ठगिएका समाचार सुनेकै हाे तर पनि गरिबी र ऋणको बोझले जवरजस्ता विदेश जान बाध्य बनायाे । भिजिट भिषामा नेपालबाट दुबईको लागि प्रस्थान गरे । याे मेराे बाध्यता थियो र गल्ती पनि । जाने बेला केही व्यक्तिले काम मिलाइ दिने कुरा भएकाे थियाे ।

दुबईमा रहेका केहि साथीहरुले भन्ने गर्दथे काम पाहिन्छ तर लामो समय यहाँ रहेका मेरा आफन्तले भने भिजिट भिषामा काम पाउन मुश्किल छ । दुःख पाहिन्छ। धेरै परिश्रम गर्नुका साथै बाधा झेल्नु पर्दछ । याे सब मेराे लागि स्वीकार्य थियाे । दुःख र परिश्रम मेराे गरिबी र ऋणभन्दा सानाे थियाे । मेराे बुझाइमा विदेशमा हुने दुःख भनेकाे धेरै काम गर्नु पर्ने, समयमा खान नपाइने भन्ने नै थियाे । यसकाे लागि म तयार भए । धेरै दुःख गरेर ऋणबाट मुक्त हुने सपना बाेकेर म दुबई पुगे । एक्लै त म कहाँ थिएँ र । मसँगै चारजना साथीहरु पनि थिए ।

ट्राभल एजेन्सी र मेनपावर कम्पनीले भिजिट भिसाको लागि काम गर्दा रहेछन् । सबै काम भयाे । जीवनमा पहिलो पटक बिदेशीन लागेको मलाई बैदेशिक रोजगारीको लागि के गर्नु पर्दछ ? कसो गर्दा राम्रो होला ? भन्ने केही पनि जानकारी थिएन । साथीभाईको सल्लाह र उनीहरुको लहैलहैमा लागेर भिजिट भिषामा आउँदै गर्दा मन बेचैन बनेको थियो । हामी दुबई पुग्याैँ ।

दुबईको सार्जा एयरपोर्टमा पुगियाे । हामीलाई लिन भनेर दाजु अाइपुग्नु भयाे । मैले मनमनै साेँचे मान्छे त मनकारी नै रहेछन् । उनले हामीलाई दुबईको सतुवा भन्ने ठाउँमा एक कोठामा पुर्याउनु भयाे । हामी त्यही बस्ने निर्णय गर्याैँ । दाजुहरुले दुबइको नियम कानून र सतर्कता सम्बन्धी केहि जानकारी पनि दिनुभयो ।

उक्त दिन खाना खाईवरी हामी सुत्यौँ। भोली पल्टदेखि हामी कामको खोजिमा बाहिर निकल्नु पर्यो । बिरानो ठाउँमा हामीले सहजै कहाँ काम पाउन सकेनाैँ । भने जस्तै सजिलो कहाँ थियो पराईको देश । त्यो दिन दाईहरुको सल्लाहअनुसार ‘सिभी’ तयार गरि उहाँहरूले भनेको ठाउँमा पेश गर्दै हिड्याैँ । नेपालदेखि भिजिटमा आउँदा १ हजार डलर अध्यागमनमा देखाउनु पर्ने रहेछ । जुन रकम मात्र हामीसँग थियो । दिनभरी यताउता चाहारे पश्चात साँझ कोठातिर नै प्रस्थान गरियाे । तब सुरु भयो एक अनौंठो काहानी र यही बन्यो जीबनको पहिलो भोगाई ।

काम खाेजीकै क्रममा गोर्खा घर भई बिगत लामो समयदेखि यूएईमा कार्यरत कर्ण ढकालसँग हाम्रो मिलन भयो । उनले यहाँ काममा लगाई दिने र यहाँदेखि अन्यत्र देशहरुमा समेत कामको लागि कामदार पठाउने काम पनि गर्ने रहेछन् । सोझो रुपमा भन्दा उनी दलाल हुन् । नेपालका धेरै म्यानपावर कम्पनीसँग सहकार्य गर्दै यहाँ भिजिट भिषा अथवा अन्य भिषामा आएकालाई काम लगाइडिने र त्यसवापत केहि रकम लिने गर्ने कुरा जानकारी भयाे ।

अतिनै लोभ्याउने बोली भएका ढकालले राम्राे काम लगाइ दिने आश्वासन दिए । हामीलाई त भगवान भेटेजस्तै भयो । यहाँकाे बारेमा नबुझेका हामीलाई काम खाेजिदिने भएपछि खुशी नै लाग्याे । मनमा केहि सन्ताेष पनि पैदा भयो । त्यसदिन हामीले उनलाई हाम्रो नम्बर दिएका थियाैँ । पछि कल गर्ने र जसरी पनि काममा लगाइदिने भन्दै कर्ण ढकाल हामीबाट छुटिए । भोलीपल्ट फाेन गरे । काम लगाई दिने तर भिषाको लागि काम अगाबै १५०० दिराम बुझाउनु पर्ने कुरा ढकालकाे थियाे ।

हामीले विश्वास गर्दै रकम कम गर्न आग्रह गर्याैँ । प्रतिब्यत्तिको १२०० दिने फिक्स भयो । हामीलाई लिन आउने कुरा भयाे । त्यसको केहि दिनपछि हामीलाई लिन आए । आबुदाबिस्थित रोयल क्याटरिंगमा लिएर गए । उनले मागेकाे रकम हामीले बुझाई सकेका थियाैँ । केहि दिनमा एग्रीमेन्ट पेपरमा साइन गर्नुपर्ने भन्दै पुनः कोठामा पुर्याइ दिए ।

खर्चको लागि भनेर राखेको रकम बुझाउँदा हामी खाली नै बनिसकेका थियाैँ । त्यसकारण आफन्तसँग केही रकम सापट पनि लियाैँ । काम हुने आशामा निश्चिन्त बसेका हामी । पहिला ढकालसँग बेसीक २ हजारमा कुरा भएकाे थियाे । तर, फेरि फोन गर्दै सुख्खा १ हजार मात्र हुने भने । त्यसपछि हामीले अर्को काम खोज्नतिर लाग्याैँ । यति समयसम्म हामीलाई काममा लगाईदिने भन्दै धेरै दलालीहरुले भेट गरिसकेका थिए । कोही म्यानपावरकाे भन्दै कोही साथी र नाता गाँस्दै । यस्तैमा अर्को एक इण्डियनलाई पनि काम लगाई दिने भन्दै अन्तरवार्ता समेत लियाे । कामकाे कुरा भयाे तर पक्का भएन ।

अब हामीले पहिला कर्ण ढकाललाइ बुझाएको पैसा फिर्ता माग्नु थियो । फाेन गर्याैँ । फिर्ता गर्ने आस्वाशन पनि दिए । दिनहरु पनि बित्दै गए । हामीले बारम्बार सम्पर्क गर्याैँ तर भोली-भोली भन्दै कुरा टार्ने मात्र काम भयो । हामीलाई चिन्ता लाग्याे । यहाँ भएका केही साथीहरु र आफन्तसँग उनीबारे बुझ्दा पाे थाहा भयाे उनी ठग र मानव तस्कर भएकाे कुरा । उनले हामी जस्ता धेरैलाई ठग्दै र नेपाली दिदीबहिनीलाई बेचिसकेका रहेछन् । हामीलाई झन् चिन्ता लाग्याे । अाफ्नाे पैसा असुल गर्नेबारे साेँच्याैँ । उनकाे असली रुपबारे जानकारी पाएपछि उनीप्रति गरिएकाे विश्वास र सम्मान हट्याे । रिस र घृणा जन्मियाे ।

ढकालले त मानव तस्करी समेत गर्दोरहेछ । दुबईमा रहेको ट्राभल्स एजेन्सीमार्फत टिकट भिसाको प्रबन्ध मिलाउने कुरा हामीलाई थाहा भयो । हामीलाई पनि ढकालले एक दिन त्यहाँ लिएर गएका थिए । त्यसदिन हामीलाई बाहिर राखेर उनी लामाे समयसम्म भित्रै बसेका थिए । ढकालले ईराक,अफगानिस्तान, सिरियासम्म मानिसकाे अाेसारपसार गर्दै अाएकाे कुरा थाहा पायाैँ । उनले पठाएका धेरै मानिसहरु घरपरिवारकाे सम्पकर्कमा नभएकाे कुरा पनि केही साथीहरुबाट जानकारी भयाे । हामीलाई अाफ्नाे रकम असुल्नु थियाे । बारम्बार फाेन सम्पर्क गर्याैँ । फाेनमा ‘मैले ईराक, अफगान, सिरिया मानिस पठाउछु, मेरो केटाहरु आएका छैनन्, आउने बित्तिकै पैसा दिन्छु’ भने । हामीसँगै आएको एक साथीलाई ईराक पठाईदिने आस्वाशन समेत दिए ।

हामीले तीन महीनाभित्र धेरै दलालीका शिकार भयाैँ । यहाँ शिकारीले मृगलाई खाेज्दै हिडेजस्तै मानव तस्करहरु यूएईका गल्ली-गल्लीमा हिडिरहेका छन् । नेपाल र भारतका म्यानपावर र केही ट्राभल्स् कम्पनीहरुले मानिसहरुलाई धेरै सपना बाेकाएर यहाँ पुर्याएर रकम असुल गरिरहेका छन् । सरकारी निकाय र दलाली मिलेपताेमा मानव तस्करी भइरहेकाे मेराे देखाइ र भाेगाइ हाे । मेराे तीन महिने भिजिट भिषाले कसरी पैसाकाे लागि नेपाली युवा-युवतीलाई विदेशमा लगेर बेच्दारहेछन् भन्ने देखाइदियाे ।

कर्ण ढकालले धेरै नेपाली दिदीबहिनीलाई दुबई हुँदै इराक,अाफगान,सिरियाजस्ता देशमा बेचिरहेका छन् । उनी मानव तस्कारीका नाइकेमध्येकै एक हुन् । उनले दुबईबाट अन्य देशमा पठाएकाहरु अाफ्नाे घर परिवारकाे सम्पर्कमा छैनन् । ढकालबाट ठगिएका र बेचिएकाहरुकाे जीवन नै बर्वाद भएकाे छ । मेराे रकम फिर्ता नपाएपनि म उनकाे पन्जाबाट बचेँ । तर मसँगैका साथीहरु अफगान र सिरिया पुगेका छन् ।

पैसाकाे लागि नेपाली युवा-युवतीलाई बेच्ने कर्ण ढकालजस्तालाई कारवाही कहिले-कसले गर्ने हाेला ?

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com

Ad