Dabali News

  • Ad

उन्नती माईक्रो फाईनान्सको ४ः१ हकप्रद शेयर पारित

unnati-maicro

२३ पुस

बुटवल ।

रुपन्देहीको पडषरी गाविसमा प्रधान कार्यालय भएको उन्नती माईक्रो फाईनान्स लिमिटेडले बजारमा पुँजीको बढ्दो आवश्यकताको महसुस गर्दै ४ः१ अर्थात चार बराबर एक हकप्रद शेयर जारी गर्ने भएको छ ।

फाईनान्सको शुक्रबार भैरहवामा बसेको दोश्रो साधारण सभाले उक्त निर्णयलाई पारित गरेसँगै ४ः१ हकप्रद शेयर जारी गर्ने भएको हो ।

संस्थाका अध्यक्ष भरत कुमार शाहको अध्यक्षता तथा कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकको सञ्चालनमा सम्पन्न सभाले अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी बृद्धि गर्ने सम्बन्धित विशेष प्रस्ताव, वित्तीय संस्थाको केन्द्रीय कार्यालय पडषरी–१, रुपन्देहीबाट सिद्धार्थनगर भैरहवामा स्थानान्तरण, वित्तीय संस्थाको प्रवन्धपत्र र नियमावली संशोधनका साथै नियमावली संशोधनमा नेपाल राष्ट्र बैंक वा अन्य नियमनकारी निकायले फेरबदल गरेमा आवश्यक संशोधन तथा फेरबदल गर्न सञ्चालक समीतिलाई अख्तियारी दिने लगायतका योजनाहरुलाई पारित गरेको छ ।

स्थापना कालको छोटो समयमै उल्लेखनीय प्रगति गर्दै गएको संस्थाले निकट भविष्यमै ३० प्रतिशत सर्वसाधारण शेयर जारी गरी संस्थाका हरेक एक्टीभिटिजहरुलाई बृद्धि गर्ने योजना बनाएको छ । संस्थाले जारी गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७१÷७२को तुलनामा चालु आर्थिक २०७२-७३को ५ महिनाको सोही समयमा ७ बटा शाखा संख्याबाट बृद्धि गरी १७ वटा शाखा सञ्जालबाट कार्य सञ्चालन, ७०४७ सेवाग्राही सदस्य संख्याबाट बृद्धि भई ११८८७ जना, ४७३६ जना ऋणीहरुको संख्यामा बृद्धि भएर ७५२० पुर्याएको छ ।

त्यसैगरी ३४ करोड ९४ लाख कर्जा प्रवाहमा बृद्धि भई ४२ करोड ९४ लाख पुग्नुका साथै निक्षेपमा ६ करोड ८० लाखबाट बृद्धि भएर ८ करोड १४ लाख पुगेकासंस्थाको गत आवको सोही अवधीमा १ लाख २१ हजार कूल सञ्चालन नोक्सान रहेकोमा चालु आवको ५ महिनामा १ करोड ३९ लाख सञ्चालन मुनाफा आर्जन गर्न संस्था सफल भएको छ ।

आगामी ५ वर्ष भित्र राष्ट्रिय स्तरको माईक्रो फाईनान्समा परिणत भई देशकै नमूना माईक्रो फाईनान्स बन्ने सोच बनाएको उन्नती माईक्रो फाईनान्स १० जिल्ला कार्यक्षेत्रको अनुमती पाएको फाईनान्स हो ।

१३ अर्ब रुपैयाँ बराबरको बिजुली चुहिएरै सकिन्छ

nea_building(1)

नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट कै कारण बर्सेनि १३ अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ । यही कारण सर्वसाधारणसमेत दिनहुँ अँध्यारोमा बस्नुपर्ने बाध्यता छ । यो खबर हामीले आजको नागरिकबाट लिएका हौ। प्राधिकरणका अनुसार हुकिङ गरेर, मिटर बिगारेर, कर्मचारीको मिलेमतो एवं प्राविधिक गडबडीले...

लोकमानपछि सचिव कार्कीमाथि विप्लव माओवादीको जनकारवाही

Arjun-karki

काठमाडौँ । भ्रष्टाचार गरेको भन्दै नेपाल ट्रष्टको कार्यालयका सचिव अर्जुनकुमार कार्कीलाई नेकपा (माओवादी)ले जनकार्वाही गरेको छ । माओवादी कार्यकताहरुले ललितपुरको सानेपामा गाडीमा सवार रहेका कार्कीलाई कारवाही गरेको समाचार प्राप्त भएको छ । थप विवरण आउन बाँकी  छ ।...

एयरपोर्ट भन्सारका पूरै कर्मचारी फेर्न अर्थमन्त्रीको कडा निर्देशन

krishna-mahara1

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका पुरै कर्मचारी फेरेर भएपनि अवस्था सुधार्न निर्देशन दिएका छन् । “एयरपोर्ट भन्सारमा एउटै कर्मचारी बर्षौदेखी बसेको भन्ने मैले सुनेको छु । त्यो हुनुभएन ।” अर्थमन्त्री महराले भन्सार बिभागका महानिर्देशक शिशिर ढुङ्गानालाइ...

भ्याट खारेजी र कमिशनकाे लागि सरकारलाई अल्टिमेटम !

gas

काठमाडौं । यहाँ आफूले चाहेको कमिशनको लागि सरकरसँग माग राखिन्छ । भ्याटका कारण रातारात पैसा कमाउन सकिएन भन्दै भ्याट खारेजीको माग हुन्छ । सरकार पनि उनीहरुका मागलाई जायज भन्दै सम्झौता गर्दै आएको छ । यसबाट सरकार र विचौलियालाई त फाइदा नै हुन्छ...