Dabali News

Ad

डोल्पामा मोबाइल तालिम

२३ पुस

दुनै ।

नेपाल सरकार र बेलायत सरकारको सहयोगमा संचालित सामुदायीक विकास कार्यक्रम सिडिपी अन्तरगत व्यवसायीक सिप विकास सम्बन्धी ४५ दिने आधारभुत मोवाइल मर्मत तालिम आज सम्पन्न भएको छ ।

सामुदायीक विकास कार्यक्रम सिडिपि आरआरएन डोल्पा, नेपाल सरकार यूकेआइडी डब्लु एफपिवक्स र्फड पोलिसी मेनेजमेन्टको सहयोग सहकार्यमा गत मंसिरदेखि डोल्पामा ४५ दिने आधारभुत मोवाईल मर्मत तालिम सुरु भएको थियो ।

समापन कार्यक्रममा बोल्दै निमित्त जिल्ला शिक्षा अधिकारी कार्यलयका बिरबहादुर धामीले पेसा ब्यबसाय आफु बाच्नको लागि नहुने भन्दै अरुलाई पनि बचाउनु पर्ने धारणा राखे ।

उद्योग बाणिज्य संघ डोल्पाका अध्यक्ष लालीमान बुढाले जीवनमा परिबर्तन ल्याउन जुनसुकै क्षेत्रमा आचरण चाहिने भन्दै आचरण बिना पेसा ब्यबसाय सफल नहुने बताए ।

नेपाल पत्रकार माहासंघ डोल्पा शाखाका अध्यक्ष बिष्णुलाल बुढाले स्वरोजगार तथा आय आर्जनको लागि मोबाईल मर्मत परीक्षार्थीहरुलाई सहयोगी बन्ने विश्वास ब्यक्त गरे ।

आरआरएन सिडिपीका जिल्ला संयोजक छविलाल तामाङले आत्मनिर्भरको लागि कार्यक्रम उपयोगी हुने विश्वास ब्यक्त गरे ।
तालिम डोल्पाका विभिन्न १० गाविसहरुबाट २० जना सहभागी भएका थिए ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com

Ad