Dabali News

  • Ad

निजी र सरकारी पाठ्यपुस्त बीचको विभेद अन्त्य हुन्छः शिक्षामन्त्री पौडेल

२३ पुस

काठमाडौँ ।

शिक्षामन्त्री धनिराम पौडेलले निजी र सरकारी विद्यलयका पाठ्यपुस्तकबीच विभेद रहेको भन्दै त्यसको अन्त्यको लागि मन्त्रालयले काम अगाडि बढाएको बताएका छन् । ‘संस्थागत र सार्वजनिक विद्यालयका पाठ्यपुस्तकमा विभेद, त्यसको अन्त्यको लागि आउने शैक्षिकसत्रबाटै कक्षा १ र २ पुस्तक रंगीनमा छाप्ने तयारी भइरहेको छ’ मन्त्री पौडेलले भने ।

शनिबार संवाद डबलीमा खोजी प्रकाशनले प्रकाशन गरेका बाल साहित्यका १६ पुस्तकको एकैसाथ लोकार्पण गर्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालयको पाठ्यपुस्तकमालाई बालबालिकाको मनोविज्ञानअनुसार तयार गर्न मन्त्रालयले तयारी गरिरहेकाे जानकारी दिए । उनले पाठ्यपुस्तक बाध्यताले नभएर रहरले पढ्ने बनाउन मन्त्रालयले पुस्तक नीति बनाएर लागु गर्न लागेको बताए ।

‘हामीसँग पुस्तक नीति नभएकाले कस्ता पुस्तक, कस्ता प्रकाशन गृहले प्रकाशन गर्ने र कसले वितरण गर्ने भन्ने अन्याैलता छ, यसकारण यसको अन्त्य गर्न पनि पुस्तक नीति बनाउनु आवश्यक छ’ मन्त्रीले भने । उनले एक गाउँ एक पुस्तकालयकाे नीती कार्यन्वयन गर्नु पर्ने धारणा राखे ।

मन्त्री पाैडेलले १६ ओटा बाल साहित्य पुस्तक एकै साथ प्रकाशन गरेर नयाँ काम गरेको भन्दै खोजी प्रकाशनलाई धन्यवाद दिए ।

कार्यक्रममा डा. ध्रुब घिमिरेले सरकारले बाल साहित्यलाई बुझ्न नसकेकाले बालाबालिका जबरजस्त पाठ्यपुस्तक पढ्न बाध्य भएको बताए । साहित्य रहरले पढ्ने विषयमा भएकाले ज्ञानलाई फराकिलो बनाउने उनको धारणा थियो ।

प्रकाशित १६ ओटा पुस्तकहरु कक्षा १ देखि ५ सम्मका बालबालिकालाई रमाएर पढ्न बनाएको बताए । एकै प्रकाशनले एकै पटक एउटै विधाका १६ पुस्तक प्रकाशन नयाँ काम भएको डा. घिमिरेले भनाई थियो ।

बाल साहित्यकार ऋष्मा अधिकारीले बालबालिकाको मनोविज्ञानलाई बुझेर पठ्यपुस्तक प्रकाशन गर्न सरकारलाई सुझाव दिएकी थिइन ।

त्यसैगरी कलाकार विजयराज शाक्यले बाल साहित्यले बालबालिकाको ज्ञान बढाउने भन्दै पाठ्यपुस्तकमा अनिवार्य बाल साहित्यलाई समेट्नु पर्ने धारणा राखे ।

khogi-onlinedabali

खोजी प्रकाशनका अध्यक्ष सुशील चालिसेले आगामी दिनमा यस्तै कृती प्रकाशन गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसैगरी यशु श्रेष्ठले बालबालिकाको पढ्ने बानी बसाल्न अभिभावकको महत्वपूर्ण भूमिका हुने बताए । उनले बाल साहित्यले बालबालिकालाई बढ्न रहर बढाउने भएकाले सार्वजनिक पाठ्यपुस्तकमा अनिवार्य गरिनु पर्ने धारणा राखे ।

फेसबुकबाट सामूहिक बलात्कारको प्रत्यक्ष प्रशारण,प्रहरी घटनास्थलमै पुग्याे

Facebook

काठमाडाैँ । सामाजिक सञ्जाल फेसबुकबाट सामुहिक बलात्कारकाे प्रत्यक्ष प्रसारण गरियाे भन्दा विश्वास नलाग्न सक्छ । तर,अाइतबार तीन जना युवाहरुले एउटी युवतीलाई सामुहिक बलात्कार गरेकाे फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेका छन् । याे घटना स्वीडेनका हाे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार स्वीडेनको राजधानीबाट करिब एक...

ट्रम्पले चुनावी नारा पूरा गर्न सुरु गरे

5trump

काठमाडौं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अाफ्नाे चुनावी पूरा गर्न सुरुवात गरेका छन् । उनले ब्यापार सम्झौता ट्रान्स प्यासिफिक पार्टनरशीप टीपीपीको सदस्य राष्ट्रबाट बाहिरिने निर्णय गरेका छन् । पूर्व राष्ट्रपति बराक अाेबामाकाे पहलमा १२ राष्ट्र सम्मिलित टीपीपी सम्झौता भएकाे थियाे । ट्रम्पले टीपीपी...

२४ घण्टा नबित्दै हात्तीको अर्काे आक्रमण, बालिकाको मृत्यु

hatti

झापा । हात्तीले एकै गाउँमा २४ घण्टा नबित्दै अर्काे आक्रमणमा गरेकाे छ । साेमबार जंगली हात्तीकाे अाक्रमणमा परी भद्रपुर नगरपालिका–२ की १३ वर्षीया बालिका शर्मिला लिम्बूकाे ज्यान गएकाे छ । साेही ठाउँमा आइतबारकाे अाक्रमणमा परी ४१ वर्षीया पालमाया सुब्बाको मृत्यु भएको थियो । आइतबार...

अादिबासी जनजाति नेताहरुले भने-माओवादी केन्द्रमा बाहुनवाद हावी भयाे,अर्को जनयुद्ध आवश्यक

ucpnm

काठमाडौँ । माओवादी केन्द्र आवद्ध विभिन्न आदिबासी जनजाति नेताहरुले पार्टीमा बाहुनवाद हावी भएको भन्दै नेतृत्वको तीब्र आलोचना गरेका छन् । आइतबार काठमाडौँमा बसेको आदिबासी जनजाति महासंघको बैठकमा उनीहरुले नेतृत्वले संकटको बेलामा मात्र आफूहरुलाई उपयोग गरेको बताए । यो महासंघमा ३२ वटा समुदायगत...