Dabali News

जिएमअारविरुद्ध विप्लव-वैद्य र माेहनविक्रम एकैसाथ खनिए

२३ पुस

सुर्खेत ।

माथिल्लो कर्णाली जलविद्युत आयोजना देशको हितविपरीत भएको भन्दै तीन पार्टीले खारेजीकाे माग गर्दै सडक संघर्षमा उत्रेका छन् ।  नेकपा (माअाेवादी), नेकपा (क्रान्तिकारी माअाेवादी) र नेकपा (मसाल)ले संयुक्त रुपमा माथिल्लाे कर्णाली जलविद्युत अायाेजना खारेजीकाे अान्दाेलन अगाडि बढाएका छन् ।

तीन पार्टीले शुक्रबार सुर्खेतकाे विरेन्द्रनगरमा विराेध सभा गरेका छन् । विरोधसभामा नकपा (माअाेवादी)का स्थायी समिति सदस्य हेमन्तप्रकाश अाेलीले ‘सुदर्शन’ले कोइराला परिवार र एमालेहरुले नदीहरु बेचिरहेकाे बताउँदै त्यसमा प्रचण्ड पनि मिसिएकाे बताए । उनले विद्युत उत्पादन गर्ने भन्दा पनि कर्णाली नदीलाई कब्जा गर्ने उद्देश्यले जिएमअारले माथिल्लो कर्णाली अायाेजना हाेल्ड गरेकाे बताए ।

‘‘अबको १० वर्षमा भारतको उत्तर प्रदेशमा पानीको हाहाकार हुनेवाला छ, जिएमआरले विद्युत उत्पादन गर्ने भन्दै कर्णालीको पनि कब्जा गर्नेछ’’ अाेलीले भने ।

नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता हरिभक्त कँडेलले भारतले प्राकृतिक श्रोत-साधनले धनी देशलाई कंगाल बनाउन खोजेको बताए । उनले माथिल्लाे कर्णाली देश र जनताकाे हित विपरित भएकाे भन्दै खारेज गरिनु पर्ने बताए ।

त्यस्तै नेकपा क्रान्तिकारी माओवादीका पोलिब्युरो सदस्य चक्रपाणि शर्माले आयोजनामा राजनैतिक, संवैधानिककानुनी, आर्थिक, प्राविधिक, सामाजिक र पर्यावरणीय कुरामा राष्ट्रघाती सम्झौता भएको बताए ।

कार्यक्रममा कर्णाली जलधार समितिका अध्यक्ष भरत शाहीले आयोजनाका बारेमा सरकारले पुनर्विचार गर्ने अझै समय भएको भन्दै यदि त्यसो नगरिए नागरिकस्तरबाट आन्दोलन हुने चेतावनी दिए ।

कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरिएका थिए ।

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-460....
Email
onlinedabalis@gmail.com
newsdabali@gmail.com