Dabali News

  • Ad

३३ किलाे सुन बाेक्ने शाहीकाे सनसनी खुलासाः पूर्वगृहमन्त्री गाैतमदेखि अर्थमन्त्री महरासम्मकाे पाेल खाेलिन सक्ने !

gold

२३ पुस

काठमाडाैँ ।

केही दिनअघि त्रिभुवन विमानस्थलबाट ३३ किलाे सुन ल्याउदै गरेकाे अवस्थामा पक्राउ परेका गाेपालबहादुर शाहीले अाफूले एक वर्षमा तीन यस किलाे सुन ल्याएकाे बताएका छन् ।

प्रहरी हिरासतमा रहेका शाहीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी र भन्सारका कर्मचारीको मिलोमतोमा गत एक वर्षमा तीन सय किलोभन्दा बढी सुन बाहिर ल्याउन आफू सफल भएका हुन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकका अनुसार शाहीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग यस्तो बयान दिएका हुन् । शाहीले सुन तस्करीमा संलग्न केही नेपाली तथा भारतीय व्यापारीको नामसमेत खोलेको सीआईबी स्रोतले उल्लेख गरेको छ । दुबईका कारोबारीसँगको साँठगाँठमा नेपालमा सुन तस्करी गर्दै आएका नेपालगन्जका शाहीबारे सीआईबीले दुई महिनादेखि सूचना संकलन गर्दै आएको थियो । ‘तपाईंहरू सुन तस्करीको शृंखलामा ११ औं पटकमा मलाई समात्न सफल हुनुभयो । यसअघि पटकपटक गरेर तीन सय किलो सुन विमानस्थलको घेराबाट बाहिर पठाइसकेको थिएँ’, शाहीको बयान उद्धृत गर्दै सीआईबीका एक उच्च अधिकृतले भने ।

स्राेतका अनुसार प्रहरीले झार टार्ने अनुसन्धान नगरे वा राजनीतिक हस्तक्षेप नभएर लामाे समयदेखि हुँदै अाएकाे सुन काराेबारकाे झालाे पत्ता लाग्ने त्यसमा पूर्वगृहमन्त्री बामदेव गाैतमदेखि वर्तमान अर्थमन्त्री कृष्णबहादुर महरासम्म मुछिन सक्ने स्राेतकाे दाबी छ । प्रहरीले पनि विस्तृत छानविन नगरी सुन भन्सार कार्यालयकाे जिम्मा नदिने बताएकाे छ ।

यसअघि झैं ३३ किलाे सुन पनि गृहमन्त्रालय,प्रहरीकाे उच्च नेतृत्व,भन्सार र अर्थमन्त्रालयकाे सेटिङमा भन्सार छलेर बाहिर अाएकाे शंका गरिएकाे छ ।

लोकमानपछि सचिव कार्कीमाथि विप्लव माओवादीको जनकारवाही

Arjun-karki

काठमाडौँ । भ्रष्टाचार गरेको भन्दै नेपाल ट्रष्टको कार्यालयका सचिव अर्जुनकुमार कार्कीलाई नेकपा (माओवादी)ले जनकार्वाही गरेको छ । माओवादी कार्यकताहरुले ललितपुरको सानेपामा गाडीमा सवार रहेका कार्कीलाई कारवाही गरेको समाचार प्राप्त भएको छ । थप विवरण आउन बाँकी  छ ।...

एयरपोर्ट भन्सारका पूरै कर्मचारी फेर्न अर्थमन्त्रीको कडा निर्देशन

krishna-mahara1

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका पुरै कर्मचारी फेरेर भएपनि अवस्था सुधार्न निर्देशन दिएका छन् । “एयरपोर्ट भन्सारमा एउटै कर्मचारी बर्षौदेखी बसेको भन्ने मैले सुनेको छु । त्यो हुनुभएन ।” अर्थमन्त्री महराले भन्सार बिभागका महानिर्देशक शिशिर ढुङ्गानालाइ...

भ्याट खारेजी र कमिशनकाे लागि सरकारलाई अल्टिमेटम !

gas

काठमाडौं । यहाँ आफूले चाहेको कमिशनको लागि सरकरसँग माग राखिन्छ । भ्याटका कारण रातारात पैसा कमाउन सकिएन भन्दै भ्याट खारेजीको माग हुन्छ । सरकार पनि उनीहरुका मागलाई जायज भन्दै सम्झौता गर्दै आएको छ । यसबाट सरकार र विचौलियालाई त फाइदा नै हुन्छ...

काठमाडाैँका मनि एक्सचेन्ज अनुसन्धान घेरामा

Money-Exchange

काठमाडाैँ । अवैध विदेशी मुद्रा सटही गरेकाे अशंकामा विभिन्न नाममा खुलेका मनि एक्सचेन्ज कम्पनीहरु प्रहरीकाे अनुसन्धानकाे घेरामा परेका छन् । यही माघ १ गते बरामद गरेको अबैध बिदेशी मुद्रा मनि एक्सचेन्जहरुबाट सटही भएको आशंकामा महानगरीय आपराध महाशाखाले त्यस तर्फ अनुसन्धान केन्द्रित गरेको हो । प्रहरीले...