Dabali News

  • Ad

अकोराबमा एमाले-काँग्रेसकाे वर्चस्व 

acorab

२३ पुस 

काठमाडाैँ ।

सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब)को छैटाैँ अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेकाे छ । नयाँ कार्यसमितिमा नेकपा एमाले र नेपाली काँग्रेसकाे वर्चस्व कायम भएकाे छ ।

अध्यक्षमा एमाले निकट सुवास खतिवडा निर्वाचित भएका छन् । खतिवडाले एक सय ४२ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेस निकट किशोरजङ्ग थापाले एक सय ३२ मत ल्याए ।

वरिष्ठ उपाध्यक्षमा कांग्रेस निकट अर्जुन गिरी, महिला उपाध्यक्षमा कांग्रेस निकट शशिकला दाहाल, मधेसी उपाध्यक्षमा निमेष कर्ण र जनजाति उपाध्यक्षमा एमाले निकट अर्जुनकुमार राई विजय भएका छन् ।

महासचिवमा माओवादी केन्द्र निकट गोविन्द देवकोटा, सचिवमा एमाले निकट वन्दना दनुवार र कोषाध्यक्षमा माओवादी केन्द्र निकट लक्ष्मण खड्का निर्वाचित भएका छन् ।

यसैगरी सदस्यमा खुलातर्फ कपिलदेव खनाल, विष्णु अवस्थी, टीकाजङ्ग थापा, धुव्रराज ढकाल, शुक्रराज भण्डारी, महिलामा धनलक्ष्मी शाही र ललिता कुश्मी, मधेसीमा अजयकुमार यादव र रामभरोसी महतो, जनजातिमा मिलन गाहा र गणेशकुमार श्रेष्ठ तथा दलितमा पूर्णवहादुर विक विजयी भएका छन् ।

सात प्रदेश समितिका अध्यक्षका कांग्रेसका पाँच र एमालेका दुई जना निर्वाचित भएका छन् । एक नम्बर प्रदेशमा कांग्रेसका बच्चुनारायण विक, दुईमा कांग्रेसकै अशोक दत्त, तीनमा कांग्रेसकै कृष्णहरि घिमिरे, चारमा कांग्रेसकै शान्ति गुरुङ, पाँचमा कांग्रेसका केपी घिमिरे, ६ मा एमालेका रमेशकुमार गौतम र सातमा एमाले निकट नरेन्द्रप्रसाद भट्ट निर्वाचित भएका छन् । प्रदेश अध्यक्ष संघको कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था छ ।

शुक्रबार सुरु भएकाे अधिवेशन शनिबार विहान नयाँ कार्यसमितिकाे नतिजा सार्वजनिक भएकाे हाे ।

कुल दुई सय ८७ मतदातामध्ये दुई सय ७६ जनाले मतदान गरेका थिए । २१ सदस्यीय कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

संशोधनकाे बहानामा देशलाई विखण्डन गर्ने प्रयासः सचिव ज्ञवाली

Pradeep

म्याग्दी । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संविधान संशोधनको बहानामा देशलाई विखण्डन र सामाजिक सद्भाव खल्बलाउने प्रयास भइरहेकाे बताएका छन् । प्रेस चौतारीले शनिबार म्याग्दीकाे बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै सचिव ज्ञवालीले राष्ट्रिय र सामाजिक एकता कायम गर्न एमालेले मेची–महाकाली अभियान सञ्चालन...

ट्र्याक्टर दुर्घटना हुँदा बालिकाको मृत्यु, दुई गम्भीर घाइते

Accident1

खोटाङ । ट्र्याक्टर दुर्घटना हुँदा खोटाङमा एक बालिकाको घटनास्थलमै ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । दिक्तेल नगरपालिका–११ स्थित मेघेचौतारामा गएराति ना ४ च ५३६७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही स्थानकी आठ वर्षीया बालिका आशा तामाङको घटनास्थलमै मृत्यु भएको...

सांसदका विकासे याेजनाः बाँडीचुँडी खाउँ

sansad

बैतडी । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतका योजनाहरु सांसहरुले मनपरी रुपमा छनाेट गरेका छन् । निर्देशिका विपरीत याेजना छनोट भएपछि चर्काे विराेध भइरहेकाे छ । सांसदले आफ्नै गोजीबाट कार्यकर्ता पाल्ने हिसाबले योजना छनोट गरेको स्थानीय बासिन्दाले आरोप...

सुस्ताकाे विकासमा भारतीय अवरोध

susta 1

परासी । सुस्तामा निर्मित भौतिक पुर्वाधारका कार्यहरु भारतले अवरोध गरेकाे छ । सुस्तामा झुलुङ्गेपुल, तटबन्ध, बाटो, बस्ती विकासलगायत सम्पूर्ण विकास निर्माण कार्य बन्द भएका छन् ।  भारतकाे अवरोध हटाएर पुनः निर्माण कार्य  सुचार गराउन जिल्लाका सरकारी निकायले सुस्ताको अनुगमन गरेका छन् । नेपालको सीमाना...