Dabali News

  • Ad

मुसहर बालबालिकाकाे दिनचर्या

mushara-giral

२३ पुस

नवलपरासी ।

कठहवाँ मुसहर बस्ती नवलपरासी जिल्लाकै गरिब बस्तीको रुपमा लिइन्छ । मुसहरबस्ती जिल्लाको सिमावर्ती क्षेत्र गुठी पर्सौनी गाविसको वडा नं. ३ कठहवाँमा छ । मुसहरबस्ती भारतको उत्तर प्रदेश सीमा झुल्नीपुरबाट करिब ५ सय मिटरको दुरीमा छ भने सदरमुकाम परासीबाट करिब ४० किलोमिटर दक्षिण र पूर्वको कुनामा पर्छ । अति विपन्न परिवार मुसहरबस्तीमा कुल ४५ घरधुरी संख्या छ ।

अन्य समुदायका बालबालिका स्कूल जान्छन् तर याे समुदायकाे बालबालिका जन्मेपछि सामान्य काम गर्न सक्ने भएदेखि नै शरीरक श्रममा जाडिन्छन् । अभिभावकले गर्ने सकीनसकी गर्नु यहाँका बालबालिकाकाे लागि जन्मजात काम जस्तै भएकाे छ ।

आर्थिक, सामाजिक, शिक्षाले एकदमै पछाडी परेकाे याे समुदाय ज्याला मजदूरी गरी दिनचर्या चलाउदै आएका छन् । अरुका  जिल्लामा दर्जन भन्दाबढी एनजीओ तथा आईएनजिओहरु छन् जसले गरिबी निवारण, जिबीकोपार्जन,आर्थिक उपार्जन,पोषण सुधार, शैक्षिक चेतना,लैङ्गिक समानता, सामाजिक समावेशीकरण र शिपमूलक तालिम जस्ता दर्जनाैँ कार्यक्रम गदै आएछन् तर कुनैपनि एनजिओ तथा अाइएनजिअाेकाे कार्यक्रमले त्यो मुसहरबस्तीलाई छोएको छैन् । त्यतिमात्र होईन स्थानीय निकाय गाविस र सरकारी नियकाका कार्यक्रमले पनि याे बस्तीलाई छाेएकाे छैन । 

एनजीओ,आईएनजिअाे र सरकारी निकायहरुले मुसहरबास्तीमा शिक्षा-स्वास्थ्यलगायत सबै  सुविधा दिएका छन् तर कागजीमा मात्र । उनीहरुकाे याे बस्ती कमाइ खाने र डलर झार्ने बस्तु जस्तै भएकाे छ । 

याे बस्ती निजकै घर भएका दुई तमलोपाको केन्द्रिय बरिष्ठ उपाध्यक्ष ह्दृश त्रिपाठी चार पटकसम्म मन्त्री बने । हाल नेपाली कांग्रेसका नेता देवकरण कलवार (सन्तु) ले व्यवस्थापिका स‌ंसदमा प्रतिनिधित्व गरिरहेका छन् । 

नेपालमा जुन तन्त्र अाएपनि मुसहर समुदायले शरीर लुगा र पेटभरी खान पाएका छैनन् ।

देश-समाजलाई केही दिन कलाकारितामा लागेकी हुँः गायीका भुमिका

bhumika 2

काठमाडौँ । गायीका भुमिका शाहले देश-समाज परिवर्तनको लागि आफू गीत-संगीत क्षेत्रमा लागेको बताउछन् । ‘के पाएँ, के गुमाएँ भन्दापनि देश र समाजलाई केहि दिन सक्छु कि भनेर गीत-संगीतमा लागेकी हुँ’ शाहले अनलाइन डबलीसँग भनिन् । चितवनको माडीमा जन्मेकी शाह स्कूल पढ्दादेखि नै...

यातायात मन्त्रीले भारतकाे राष्ट्रिय गान गाएपछि…

ramesh - national-anthem-of-india

कैलाली । नेपाल सरकारका भाैतिक तथा यातायात मन्त्री, ठाउँ धनगढी, कार्यक्रम नेपालकै तर राष्ट्रिय गान भने भारतीय । बिहीबार धनगढीकाे क्याम्पस राेडमा अायाेजित कार्यक्रमका विशेष अतिथि थिए भाैतिक तथा यातायात मन्त्री रमेश लेखक । साेही कार्यक्रमका प्रमुख अतिथि थिए नेपालस्थित भारती राजदूत...

पार्टीकै पत्रकारले भने-सञ्चारमन्त्री महिला-मदिरामा बिके, कालोमोसो दल्छौँ

Ram-Karki-minister

काठमाडौँ । माओवादी केन्द्रका नेता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की र उनकै पार्टी निकट पत्रकारहरुबीचको अन्तरविरोध शिखरमा पुगेको छ । कार्कीले हरेक निर्णयमा पार्टी निकट पत्रकारहरुलाई बाइपास गर्ने गरेको आरोप प्रेस सेन्टरका नेताहरुले लगाउँदै आएका थिए । बिहीबारको मन्त्रिपरिषबाट रेडियो...

पार्टीकाे नामबाट ‘माअाेवाद’ हटाउने प्रस्तावसँगै दिल्लीबाट अायाे विप्लवलाई यस्ताे पत्र 

Bimal

कमरेड विप्लव अभिवादन । तपाईंले आउने महाधिवेशनबाट माओवाद छोड्ने प्रस्ताव गरेकाे समाचार सामाजिक सञ्जालमा देखेँ र केही पत्रिकामा समेत पढेँ । पार्टीको अधिकारिक निकायभित्र पनि केही छलफल गरेकाे पनि सुनेँ ।  याे समाचारले मलाई गम्भीर र भाबुक बनायाे । मैले तपाईंलाई चिनेको...