Dabali News

  • Ad

अभिनेता ओम पुरीको हृदयाघातका कारण निधन

om-puree

काठमाडौं ।

बलिउडका अभिनेता ओम पुरीको निधन भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ६६ बर्षीय पुरीको हृदयाघातका कारण शुक्रबार आफ्नै निवासमा मृत्यु भएको हो ।

सन् १९५० अक्टोबर १८ मा भारतको अम्बालामा जन्मेका पुरीले आक्रोश, आरोहण, अर्धसत्य,माचिसलगायतका अन्य थुप्रै चलचित्रमा नायकको भूमिका खेलेका थिए । उनको अभिनय कुलाका कारण ती चलचित्र निकै चले । बोल्ड आवाज भएका पुरीको आवाज थुप्रै डकुमेन्ट्री तथा चलचित्रमा समावेश गरिएको छ ।

सन् १९७६ मा मराठी चलचित्र घासिराम कोतवालबाट चलचित्र यात्रा सुरु गरेका पुरी बलिउडमा मात्र नभई पाकिस्तानी तथा हलिउड चलचित्र जगतमा पनि उत्तिकै चर्चित छन् ।

पुरीलाई सन् १९७३ मा भारत सरकारले पद्मश्री पुरस्कारले सम्मानित गरेको थियो भने चलचित्र आरोहण र अर्धसत्यमा सर्वश्रेष्ठ अभिनेता बन्न सफल भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

महादेव जस्तै पतिकाे कामना गर्दै महिलाहरु तीज मनाउँदै

teej-ko-foto

काठमाडौं । हिन्दू धर्मप्रति आस्था राख्ने महिलाहरुले आज हरितालिका तीज पर्व मनाइरहेका छन् । संस्कृत भाषामा ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको हो । ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा हिमालय...

‘निर्देशकले जबरर्जस्त ‘सेक्स सीन’ गर्न लगाएपछि रुँदै फिल्म छाडेकी हुँ’

chitrangada-singh3

काठमाडौँ । बलिउड अभिनेत्री चित्रांगदा सिंहले फिल्म ‘बाबुमोशाय बन्दुकबाज’ एक्कासी छाडेपछि विभिन्न चर्चा परिचर्चा भए । सिंहले निर्देशकले जबरर्जस्त सेक्स सिन दिनभनेपछि आफूले फिल्म छोडेको बताएर चर्चामा आएकी छन् । समाचार एजेन्सीहरुका अनुसार अभिनेत्री सिंहले “सुटिङकै क्रममा मलाई जबरर्जस्त सेक्स सीन गर्न...

अश्लील भिडियो हेर्नुहुन्छ भने मस्तिष्क खुम्चिएला है

porn-video-watching

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिको विकासले अश्लीलता पनि बढाएको छ । विशेषगरी सहर बजारको युव युवतीहरु कम्प्युटर तथा मोवाइलबाट पोर्नोग्राफी अर्थात अश्लील फोटो तथा भिडियो हेर्नेको संख्या बढिरहेको तथ्याङ्कहरुले देखाएको छ । अश्लील फोटो तथा भिडियो हेर्नेहरुको मस्तिष्क खुम्चिने पहिलो पटक...

प्रत्युषाले गर्भपतन गरेको ब्वाईफ्रेन्ड राहुलको स्वोरोक्ति

images

एजेन्सी । मुम्बइको जेजे अस्पतालले २४ वर्षीया प्रत्यूषा बनर्जी (आनन्दी)ले गर्भपतन गराएको पुष्टि गरेसँगै केही हप्ता पहिले एक हिन्दी टेलिसिरियलकी चर्चित पात्र २४ वर्षीया प्रत्युषा बनर्जीले गर्भतपनपछि केही समयको अन्तरालमा आत्म हत्या गरेको रहस्य खुलेको छ । उनका ब्वाईफ्रेन्ड (केटा साथी) राहुल...