Dabali News

  • Ad

विमानस्थलको मुख्य गेटबाट बाहिरिन लागेकाे ३३ किलो सुन बरामद, कहाँ गएका थिए भन्सारका सुरक्षाकर्मी ?

gold

२१ पुस

काठमाडौं ।

विमानस्थलकाे भन्सार पार गरेर मुख्य गेटबाट बाहिरिन लागेकाे करिब ३३ किलो अवैध सुन प्रहरीले बरामद गरेको छ ।

एअर अरेबियाको विमानबाट काठमाडौं ल्याइएको उक्त सुन विमानस्थलको भन्सार पास गरेर सुरक्षित स्थानतर्फ लगिँदै गर्दा  नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले साे सुनसहित तीन जनालाई पक्राउ गरेकाे छ ।

युएईबाट सुन लिएर आएका गोपालबहादुर शाही भाडाको ट्याक्सीमा सुन बोकेर गन्तव्यतर्फ जाँदै गरेको अवस्थामा खानतलासी गर्दा सुन फेला परेको हो । ब्युरो टोलीले शाहीलाई पक्रेपछि उनले नै सुनको जिम्मा लिने भनिएका दुई व्यक्तीलाई बोलाएका थिए ।

निजी कार हाँकेर मोरङका दिनबन्धु थापा र धनुषाका सन्तोष काफ्ले शाहीले ल्याएको सुन लिन आएका थिए । त्यही बेला उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

२४४ वटा दस तोलाको बिस्कुट, १८ वटा सिक्री र ११ वटा औंठी प्रहरीले बरामद गरेको छ । दुई फरकफरक लगेजभीत्र प्लास्टिकले र्‍याप गरेर ल्याइएको सुन जम्मा ३३ किलो रहेको ब्युरोको डिआईजी नवराज सिलवालले बताए ।

१३ अर्ब रुपैयाँ बराबरको बिजुली चुहिएरै सकिन्छ

nea_building(1)

नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट कै कारण बर्सेनि १३ अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ । यही कारण सर्वसाधारणसमेत दिनहुँ अँध्यारोमा बस्नुपर्ने बाध्यता छ । यो खबर हामीले आजको नागरिकबाट लिएका हौ। प्राधिकरणका अनुसार हुकिङ गरेर, मिटर बिगारेर, कर्मचारीको मिलेमतो एवं प्राविधिक गडबडीले...

लोकमानपछि सचिव कार्कीमाथि विप्लव माओवादीको जनकारवाही

Arjun-karki

काठमाडौँ । भ्रष्टाचार गरेको भन्दै नेपाल ट्रष्टको कार्यालयका सचिव अर्जुनकुमार कार्कीलाई नेकपा (माओवादी)ले जनकार्वाही गरेको छ । माओवादी कार्यकताहरुले ललितपुरको सानेपामा गाडीमा सवार रहेका कार्कीलाई कारवाही गरेको समाचार प्राप्त भएको छ । थप विवरण आउन बाँकी  छ ।...

एयरपोर्ट भन्सारका पूरै कर्मचारी फेर्न अर्थमन्त्रीको कडा निर्देशन

krishna-mahara1

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका पुरै कर्मचारी फेरेर भएपनि अवस्था सुधार्न निर्देशन दिएका छन् । “एयरपोर्ट भन्सारमा एउटै कर्मचारी बर्षौदेखी बसेको भन्ने मैले सुनेको छु । त्यो हुनुभएन ।” अर्थमन्त्री महराले भन्सार बिभागका महानिर्देशक शिशिर ढुङ्गानालाइ...

भ्याट खारेजी र कमिशनकाे लागि सरकारलाई अल्टिमेटम !

gas

काठमाडौं । यहाँ आफूले चाहेको कमिशनको लागि सरकरसँग माग राखिन्छ । भ्याटका कारण रातारात पैसा कमाउन सकिएन भन्दै भ्याट खारेजीको माग हुन्छ । सरकार पनि उनीहरुका मागलाई जायज भन्दै सम्झौता गर्दै आएको छ । यसबाट सरकार र विचौलियालाई त फाइदा नै हुन्छ...