Dabali News

Ad

उपत्यकाकाे खानेपानी व्यवस्थान गर्न प्रधानमन्त्रीको निर्देशन

२१ पुस

काठमाडौं ।

उपत्यकामा लोडसेडिङपछि खानेपानीको व्यवस्थापनका लागि सरकारले पहल शुरु गरेको छ । सर्वसाधारणलाई सहजरुपमा खानेपानी उपलब्ध हुन नसकेको अवस्थालाई अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, गृह सचिव, ललितपुर, भक्तपुर र काठमाडौंका जिल्ला प्रमुख अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर छलफल थालेका छन् ।

‘सर्वसाधारणलाई एक बाल्टी पानीका लागि समेत काकाकुल पर्ने तर हुने–खाने र पहुँचवालाहरुलाई पानी उपलब्ध हुने अवस्था अन्त्य गर्न जरुरी छ’ बैठकमा प्रधानमन्त्रीले बैठकले भने ।

प्रधानमन्त्रीले मेलम्ची खानेपानीको सुरुङ खन्नेदेखि अन्य कार्य द्रुत गतिमा अघि बढिरहेको बताउँदै काठमाडौं उपत्यकामा मेलम्ची खानेपानीको आपूर्तिका लागि पूर्वाधार तयार गर्ने कार्य तदारुकताका साथ सम्पन्न गर्न समेत निर्देशन दिएका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com