Dabali News

  • Ad

काँग्रेस नेताले विवाह भएकाे एक हप्तामै बुहारीलाई बलात्कार गरेको खुलासा

Rape

२१ पुस

कञ्चनपुर ।

नेपाली काँग्रेसका एक नेताले अाफ्नै बुहारीलाई बलात्कार गरेकाे घटना सार्वजनिक भएकाे छ । नेपाली काँग्रेस क्षेन नम्बर १ का क्षेत्रिय सचिव भानुभक्त भट्टमाथि याे गम्भीर अाराेप लागेकाे छ ।

पीडित महिलाले बुधबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर भट्टले विगत तीन वर्षदेखि याैन शाेषण गर्दै अाएकाे बताएकी छन् । महाकाली सिँचाई केन्द्रीय जल उपभोक्ता समितिका उपाध्यक्ष समेत रहेका विवाह भएकाे एक हप्ताभित्रै अाफ्नाे काेठमा प्रवेश गरेकाे उनले बताएकी छन् ।

पत्रकार सम्मेलनमा अाफूले याैन सम्पर्क अस्वीकार गरेपछि भट्टकी घाँटीमा छुरा राख्ने गरेकाे २० वर्षीय बुहारीले बताइन । विवाहकाे केही दिनमै श्रीमान पढाइकाे क्रममा जिल्ला बाहिर गएपछि ससुराले धम्क्याउदै जबरजस्ती गरेको उनले बताइन् ।

भट्टका छाेरा र पीडित महिलाबीच २०७१ असार ६ गते बिबाह भएकाे थियाे ।

फेसबुकबाट सामूहिक बलात्कारको प्रत्यक्ष प्रशारण,प्रहरी घटनास्थलमै पुग्याे

Facebook

काठमाडाैँ । सामाजिक सञ्जाल फेसबुकबाट सामुहिक बलात्कारकाे प्रत्यक्ष प्रसारण गरियाे भन्दा विश्वास नलाग्न सक्छ । तर,अाइतबार तीन जना युवाहरुले एउटी युवतीलाई सामुहिक बलात्कार गरेकाे फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेका छन् । याे घटना स्वीडेनका हाे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार स्वीडेनको राजधानीबाट करिब एक...

ट्रम्पले चुनावी नारा पूरा गर्न सुरु गरे

5trump

काठमाडौं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अाफ्नाे चुनावी पूरा गर्न सुरुवात गरेका छन् । उनले ब्यापार सम्झौता ट्रान्स प्यासिफिक पार्टनरशीप टीपीपीको सदस्य राष्ट्रबाट बाहिरिने निर्णय गरेका छन् । पूर्व राष्ट्रपति बराक अाेबामाकाे पहलमा १२ राष्ट्र सम्मिलित टीपीपी सम्झौता भएकाे थियाे । ट्रम्पले टीपीपी...

२४ घण्टा नबित्दै हात्तीको अर्काे आक्रमण, बालिकाको मृत्यु

hatti

झापा । हात्तीले एकै गाउँमा २४ घण्टा नबित्दै अर्काे आक्रमणमा गरेकाे छ । साेमबार जंगली हात्तीकाे अाक्रमणमा परी भद्रपुर नगरपालिका–२ की १३ वर्षीया बालिका शर्मिला लिम्बूकाे ज्यान गएकाे छ । साेही ठाउँमा आइतबारकाे अाक्रमणमा परी ४१ वर्षीया पालमाया सुब्बाको मृत्यु भएको थियो । आइतबार...

अादिबासी जनजाति नेताहरुले भने-माओवादी केन्द्रमा बाहुनवाद हावी भयाे,अर्को जनयुद्ध आवश्यक

ucpnm

काठमाडौँ । माओवादी केन्द्र आवद्ध विभिन्न आदिबासी जनजाति नेताहरुले पार्टीमा बाहुनवाद हावी भएको भन्दै नेतृत्वको तीब्र आलोचना गरेका छन् । आइतबार काठमाडौँमा बसेको आदिबासी जनजाति महासंघको बैठकमा उनीहरुले नेतृत्वले संकटको बेलामा मात्र आफूहरुलाई उपयोग गरेको बताए । यो महासंघमा ३२ वटा समुदायगत...