Dabali News

Ad

बिरामीबाट आएको शूल्क राज्य कोषमा जम्मा गर्छुः राई

२१ पुस

काठमाडौँ ।

प्राकृति उपचार पद्धतिबाट विभिन्न रोगीको उपचार गर्दै आएकी कमला राईले आफूलाई ठाउँ उपलब्ध गराइदिन सरकारले आग्रह गरेकी छन् ।
आफ्नै वरपर भएका जडीबुडी र अन्य विधिबाट उपचार सम्भव भएपनि राज्यले त्यसलाई बेवास्ता गरेका कारण विरामीले सेवा नपाएको राईले बताएकी छन् ।

‘मैले एचआईभी र कुष्ठरोगबाहेक सबै रोगको उपचार गर्न सक्छु, त्यसको लागि राज्यले वातावरण बनाइदिनु पर्छ । धेरै नेपाली बिरामीको नाममा ठूलो खर्च भइरहेको छ । राज्य पनि उपचार खर्च दिएर हैरान भइसकेको छ’ राईले भनिन् । आफूलाई उपचार गर्ने वातावरण बनाइदिए राज्यको ढुकुटी समेत बच्ने उनको दाबी छ ।

बिहीबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफू स्वास्थ्यकर्मी र राज्यसँग समन्वय गरेर अगाडि बढ्ने बताइन् । विदेशी उपचार पद्धतिमा भर पर्ने तर नेपालीको ज्ञान र क्षमतामा विश्वास नगर्ने दृष्टिकोणका कारण आफ्नो ज्ञान र क्षमता मरिरहेको राईले पत्रकार सम्मेलनमा बताइन् ।

उपचार संचालन गर्ने ठाउँ उपलब्ध गराउन सरकारसँग माग गर्दै उनले भनिन् ‘मलाई उपचार गर्ने वातावरण सरकारले मिलाई दिनुपर्छ । त्यसबाट आएका शूल्क राज्यको कोषमा जम्मा गर्छु ।’ उनले आफूलाई व्यक्तिगत फाइदा नचाहिएको बताइन् । आफ्नो उपचारलाई पारदर्शी बनाउने समेत राईको भनाई थियो ।

बिरामीको सम्पर्कको लागि कमलाले आफ्नो नम्बर ९८६११६६७४३-९८०३९९२०२६ दिएकी छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com