Dabali News

Ad

साक्षी पाएपछि कप्तान धोनीले क्रिकेटलाई गरे बाईबाई

२१ पुस

काठमाडौं ।

भारतीय क्रिकेट टीमका कप्तान महेन्द्र सिंह धोनीले राजीनामा दिएका छन् । उनले सन् २०१४ मा नै टेष्ट क्रिकेटबाट सन्यास लिईसकेका धोनीले वन डे र ट्वान्टी ट्वान्टी क्रिकेटको कप्तानबाट समेत बाहिरिएका छन् ।
इङ्ल्याण्डबिरुद्धको वन डे सिरिज सुरु हुन १० दिनमात्र बाँकी रहँदा धोनीको राजिनामले भारतीय क्रिकेट टोलीलाई नयाँ कप्तानबारे चिन्ता बढेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

बीसीसीआईले वन डे र ट्वान्टी ट्वान्टी क्रिकेटको विकेटकिपर–ब्याट्सम्यानका रुपमा भने धोनीलाई समावेश गरेको छ । धोनीको कप्तानीलाई लिएर पछिल्लो समय भारतीय क्रिकेट समर्थक मात्र नभई बीसीसीआई भित्र पनि चर्को बहस हुने गरेको थियो । ३५ बर्षे धोनीले सन् २००७ को सेप्टेम्बरदेखि वन डे क्रिकेटको कप्तानी सम्हालेका थिए ।

धोनीकै नेतृत्वमा भारतले २००७ मा ट्वान्टी ट्वान्टी र २०११ मा वन डे को बिश्वकप जितेको थियो भने २०१३ मा च्याम्पियन्स ट्रफी उचालेको थियो । क्रिकेटका तीनै फर्मेटको कप्तानका रुपमा सवैभन्दा बढी खेल खेल्ने भारतीय क्रिकेटर पनि उनै हुन् । १ सय ९९ वटा वन डे, ७२ वटा ट्वान्टी ट्वान्टी र सन् २००८ देखि २०१४ सम्ममा ६० वटा टेष्टको कप्तानी गरेका थिए ।

धोनीको सन्यासपछि टेष्ट क्रिकेट सम्हालेका बिराट कोहलीलाई नै वन डे र ट्वान्टी ट्वान्टीको समेत कप्तानका रुपमा हेरिएको छ ।

कलाकार साक्षीसँग बिबाह बन्धनमा बाँधिएपछि कप्तान धाेनीले राजिनामा गरेकाे भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]