Dabali News

  • Ad

आर्सनलले लगातर तीन गरेपछि हारबाट बच्याे 

arsanal

२० पुस

काठमाडौं ।

आर्सनलले लगातार तीन गाेल गरेपछि बर्नमाउथसँग हारबाट जाेगिएकाे छ ।

 इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राती भएको खेलमा बर्नमाउथले लगातार तीन गोल गरेपछि ६९ मिनेटसम्म आर्सनललाई ३-० ले पछि पारेकाे थियाे ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार खेलकाे ७० औं मिनेटमा अलेक्सीस सान्चेजको गोलमार्फत खेलमा फर्किएको आर्सनलका लुकास पेरेज र ओलिभर जिरुले एक एक गोल थपेपछि खेल ३-३ गोलको बराबरीमा सकिएको हो ।

प्रिमियर लिग अन्तर्गत राती भएका अन्य खेलहरुमा स्वान्सी सिटीले क्रिष्टल प्यालेसलाई २-१ ले हराँउदा स्टोक सिटीले वाट्फोर्डलाई २-० ले पराजित गरेको छ ।

रातीका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा १९ खेलबाट ४९ अंक जोडेको चेल्सी शीर्ष स्थानमा कायमै छ ।

एक खेल बढी खेलेको लिभरपुल ४४ अंकसहित दोस्रो तथा म्यान्चेस्टर सिटी ४२ अंकसहित तेस्रो स्थानमा छ ।

४१ अंक जोडेको आर्सनल चौथो स्थानमा रहेको छ । लिग अन्तर्गत आज राती हुने खेलमा शिर्ष स्थानको चेल्सीले पाँचौ स्थानको टोटनह्याम हट्सपरसँग खेल्नेछ ।

ट्रम्पविरुद्ध १० लाख महिला सडकमा 

chicago

काठमाडाैँ । अमेरिकाकाे राष्ट्रपतिकाे जिम्मा डाेनाल्ड ट्रम्पले समालेसँगै विश्वभरका महिला सडकमा निस्केका छन् । महिला विराेधी अभिव्यक्तिका कारण उनकाे विराेध भइरहेकाे छ । ट्रम्पले अमेरिकाकाे जिम्मेवारी समालेसँगै खुशीयाली मनाउने भन्दापनि पनि धेरै विराेधमा उत्रेका छन् । अमेरिकाको लस एन्जेल्स, हर्टफोर्ड, चिगाको, न्युयोर्क,...

तरकारी बजारमा बम विस्फोट हुँदा २० जनाकाे मृत्यु 

pakistan bisfot

काठमाडौं । पाकिस्तानको उत्तर–पश्चिमी कुर्रम जिल्लास्थित पाराचिनार सहरमा बम विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । शनिबार तरकारी बजारमा भएको विस्फोटमा परी अरु धेरै घाइते भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रहरीका अनुसार मृतककाे संख्या अझै बढ्न सक्ने छ ।...

गणतन्त्र दिवसमा भारतीय प्रधानमन्त्री माेदीसहित भाजपाका नेतामाथि माअाेवादीले अाक्रमण गर्ने !

maoist-modi

काठमाडाैँ । भाकपा (माअाेवादी)ले प्रधानमन्त्री नरेन्द्र माेदी र भाजपाका नेताहरुलाई लक्षित गरेर संघर्षका कार्यक्रम अगाडि बढाएकाे छ । भारतकाे केन्द्रीय सुरक्षा एजेन्सीका अनुसार गणतन्त्र दिवस र आगामी चुनावमा माओवादीले प्रधानमन्त्री माेदी, भाजपा अध्यक्ष राजनाथ सिंह, अमित शाहलगायतका नेताहरुलाई निसाना बनाएका छन् । माअाेवादीले...

डोनाल्ड ट्रम्पको सपथ आज, ५० सिनेटरद्वारा बहिस्कार

donald-trump

काठमाडौं । डोनल्ड ट्रम्पले शुक्रबार अमेरिकी राष्ट्रपतिको जिम्मेवारी समाल्दै छन् । ह्वाइट हाउसमा हुने भव्य समारोहमा ट्रम्पले राष्ट्रपतिको शपथ लिनेछन् शपथका लागि भव्य तयारी भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । गत नोभेम्बरमा भएको चुनावमा ट्रम्प निर्वाचित भएका थिए । शपथ ग्रहण समारोहका...