Dabali News

Ad

पूर्वगभर्नर रावलका छोरा विनय किर्ते धन्दामा, विमान दिने भनेर झुक्याए

२० पुस

काठमाडौँ ।

सहकारीका रकम हिनामिना गरेर चर्चामा रहेका पूर्वगर्भनर तिलक रावलका छोरा विनय रावलले किर्ते कागजपत्र बनाएर नेपाल वायुृ सेवा निगमनलाई विमान दिने भनेर झुक्याएको खुलासा भएको छ ।

विनयले निगमका लागि ए ३३०–२०० सिरिजका दुईथान ‘वाइडबडी’ (ठूला) जहाज दिने प्रस्ताव गरेका थिए । उनले टेण्डर लागेको विदेशी कम्पनीले आफ्नो नाम दुरुपयोग गरेको भन्दै जहाज दिन नसक्ने जानकारी गराएपछि रावलको किर्ते धन्दाको खुलासा भएको आर्थिक दैनिकले समाचार लेखेको छ ।

सिनर्जी एरोस्पेसका चिफल अपरेटिङ अफिसर माइक विल्चल गत नोभेम्बर २१ अर्थात मंसिर ६ गते निगमलाई पत्र लेखेर जानकारी गराएका थिए ।

निगमले गत असोज १० गते ए ३३–२०० सिरिजका दुई वाइडबडी विमान खरिदको लागि ग्लोबल टेण्डर गरेको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]