Dabali News

Ad

वर्ल्ड लिंकले ल्यायो इन्टरनेटमा ६ गुणा डाटा, ५० प्रतिशत छुट

काठमाडौं ।

वर्ल्डलिंक कम्युनिकेसन्सले अंग्रेजी नयाँ बर्ष २०१७ को अवसरमा इन्टरनेट जडान गर्ने ग्राहकलाई ६ गुणासम्म थप डाटा उपलब्ध गराउने अफर ल्याएको छ ।

यस अफरमा ग्राहकले निःशुल्क जडान सुविधा पाउनुको साथै निःशुल्क राउटर उपलब्ध गराउने कम्पनीले जनाएको छ । कम्पनीले टिभी हेर्ने नयाँ प्रविधि इन्टरनेट प्रोटोकल (आइपी) टिभीसमेत ३ महिनासम्म निःशुल्कउपलब्ध गराउने र आइपी टिभी जडान गर्न लाग्ने सेटअप बक्स ५० प्रतिशत छुट दिने समेत घोषणा गरेको छ ।

यो योजना वार्षिक ग्राहकहरुका लागि इन्टरनेट तथा आइपि टि.भी सेवा लिँदा उपलब्ध हुनेछ । आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको टिभी हेर्ने नयाँ प्रविधि हो । यस प्रविधिबाट ग्राहकले इन्टरनेटको केबुलकै माध्यमबाट टिभी हेर्न पाउने छन् ।

वर्ल्डलिंकले २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ । कम्पनीका देशभर ६० हजारभन्दा बढी ग्राहक छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]