Dabali News

  • Ad

लाेडसेडिङका पक्षपातीलाई सर्वाेच्चले पनि साथ दिएन

nea1

१९ पुस

काठमाडाैँ ।

कारवाहीमा परेका नेपाल विद्युत प्राधिकरण तीन सञ्चालकलाई सर्वाेच्चले पनि साथ दिएन । सरकारले गरेकाे हटाउने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई सर्वोच्च अदालतले खारेज गरेकाे छ ।

लोडसेडिङ हटाउने अभियानमा अवराेध गरेकाे भन्दै ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले लक्ष्मण प्रसाद अग्रवाल,मनाेज कुमार मिश्र र सुरज लामिछानीलाई समितिबाट हटाउने निर्णय गरेका थिए ।

निर्णयविरुद्ध लामिछानेले सर्वाेच्चमा रिट दायर गरेका थिए । रिटमा प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतले १३ गते कारण देखाउ आदेश जारी गर्दै तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका थिए ।

मंगलबार प्रधानन्यायाधीश सुशीला कार्की र जगदीश शर्मा पौडेलको संयुक्त इजलासले यसको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला सुनाएको छ ।

अब मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनीहरु पदमुक्त हुनेछन् ।

काँग्रेस-एमालेका कर्मचारी विद्युत चोरीका कमाण्डर, कमिसन अध्यक्षसम्म

bidhyut chor

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा क्रियाशील राजनीति संगठनका पदाधिकारी नै विद्युत चोरीमा संलग्न रहेको खुलेको छ । प्रहरीले एक महिनासम्म गरेको अनुसन्धानबाट मिटर बिगारेर कमिसन खाने गरेको रहस्य खुलेको हाे ।  मिटर बिगार्दै गरेकाे अवस्थामा नेपाल विद्युत प्राधिकरणका कार्यरत ट्रेड युनियनका पदाधिकारी रंगेहात...

कमिसन खाएर मिटर विगार्ने काँग्रेस-एमाले निकट १२ कर्मचारी पक्राउ 

pakrau

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका १२ कर्मचारीलाई  प्रहरीले विद्युत चोरीकाे अाराेपमा पक्राउ गरेकाे छ । पक्राउन पर्नेमा नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १२ कर्मचारी र चार जना व्यवसायी छन् । कमिसन खाएर उद्याेगका मिटर विगारेर कम बिलिङ गर्ने बालाजु क्षेत्रका सुपरभाइजर सुमन श्रेष्ठसहित...

ऊर्जामन्त्रीले भने-अब देशभर लोडसेडिङकाे अन्त्य

prabhakar

सन्धीखर्क । ऊर्जामन्त्री जर्नादश शर्मा ‘प्रभाकर’ले देशभर लोडसेडिङको अन्त्य गर्ने तयारीमा भइरहेको बताएका छन् । बिहीबार अर्घाखाँची महोत्सवको सन्धीखर्कमा उद्घाटन गर्दै ऊर्जामन्त्री प्रभाकरले ‘अब देशभर नै लोडसेडिङ अन्त्य गर्ने तयारीमा ऊर्जामन्त्रालय लागिरहेको छ । थप उत्पादन र वितरणको कामलाई पनि सँगसँगै लगिने...

कर्णालीका सबै घर परिवारलाई हाईड्रोपावरमा एक लाख शेयरः ऊर्जामन्त्री 

prabhakar-1

काठमाडाैँ । ऊर्जामन्त्री जनार्दशन शर्मा ‘प्रभाकर’ कर्णालीका सबै घर परिवारलाई हाईड्राेपावरमा एक लाख शेर हाल्न पाउने प्रक्रिया अगाडि बढाइएकाे जानकारी दिएका छन् । साेमबार मन्त्रालयमा अायाेजित पत्रकार सम्मेलन गरेर मन्त्रालयले हालसम्म गरेकाे काम र अागमी याेजना सार्वजनिक गरेकाे छ । ‘शेयर लगानी...