Dabali News

  • Ad

 चलचित्र विकास बोर्डका अध्यक्ष राईमाथि गम्भीर प्रकृतिका १६ अाराेप, निर्माता संघले माग्याे राजिनामा 

nawal-post

१९ पुस

काठमाडाैँ ।

चलचित्रकर्मीहरुले नेपाल चलचित्र विकास बाेर्ड अध्यक्ष राजकुमार राईकाे राजिनामा मागेका छन् । चलचित्र निर्माता संघ नेपालमा अवद्ध चलचित्रकर्मीहरुले राईले पदकाे दुरुपयाेग गरेकाे, बाेर्डकाे भाैतिक सम्पतिमाथि अाफू खुशी प्रयाेग गरेकाे,अार्थिक लाभमा परी वक्स अफिस कार्यान्वयन गर्न बाधा पुर्याएकाे लगायत १६ अाराेप लगाउँदै उनिहरुले राजिनामा मागेका हुन् ।

मंगलबार संघले सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलाई भेटेर बाेर्ड अध्यक्ष राईलाई कारवाहीकाे माग समेत गरेकाे छ ।

 

यी हुन् राईमाथि लागेकाे गम्भीर अाराेपहरु 

१. आफ्नो पदको व्यापक दुरुपयोग गरी गैरकानुनी रुपमा ठाडो आदेशको भरमा आफू बस्ने कार्यकक्ष तडकभडकका साथ डेकेरेट गराइएर आर्थिक लाभ लिएको ।

२. प्रेक्षालय मर्मतको नाममा अनावश्यक रुपमा प्रसस्त रकम खर्च गरी व्यापक भ्रष्ट्राचार गरेको, करिब १ करोड खर्च गरेको ।

३. बोर्डको प्रयोजनार्थ भनी पुरानो गाडी खरिद गरी नयाँ गाडी खरिद गरेको बिल भर्पाई पेश गरेको । लगभग करोडको हाराहारिमा खर्च भनी आर्थिक लाभ लिएको ।

४. बोर्डमा कर्मचारी नियुक्त गर्दा विना दरवन्दी मनलाग्दी रुपमा आफूखुशी ज्यालादारीमा एवम् मासिक तलब खुवाई राज्यकोषको रकम हिनामिना गरेको ।

५. आफू निकटमा संघ संस्था एवम् व्यक्तिहरुलाई मापदण्ड विपरित हचुवाका भरमा रकम बाँढ्ने गरेको ।

६. राष्ट्रिय गानाको भिज्योलाइज गर्ने नाममा आफ्नै मान्छेको नाममा रकम निकासा गरी रकम हिनामिना गरेको ।

७. दोलखामा सुटिङ्ग स्टुडियो निर्माण गर्ने भनिएकोमा सोहि बारेमा डकुमेन्टेशन निर्माण गर्ने भनि आफ्नै मानिसको नाममा रकम निकाशा गरी हिनामिना गरेको ।

८. बक्स अफिस लागू गर्ने निकायमा आफै रहँदा पनि केहि हल व्यवसायीसँग साँठगाँठ गरी व्यक्तिगत आर्थिक लाभ लिई वक्स अफिस कार्यान्वयन गर्न बाधा पु¥याएको ।

९. राष्ट्रिय चलचित्र नीति तथा अनुगमन समिति बरिष्ठ चलचित्रकर्मी यादब खरेलको समितिलाई काम गर्न नदिएको । कार्यालयको लागि एउटा कोठा पनि उपलब्ध नगराएको र राजिनामा गर्न बाध्य बनाइएको ।

ख) निर्माता संघमा के गरे ?

१०. नेपाल चलचित्र निर्माता संघको भवन निर्माण कोषको २४ लाख रुपैयाँ ७ वर्ष अगाडिदेखि दुरुपयोग गरेको र ७ वर्षयता निर्मातासँग भवन निर्माण कोषको रकम उठाएर पनि बैंकमा दाखिला नगरी दुरुपयोग गरेको । भवन निर्माण कोषको स्पष्ट कार्यविधि बनेको र अन्य कुनै पनि शिर्षकमा खर्च गर्न नपाउने व्यवस्था छ, सो को उल्लङघन गरेको । त्यसकारण थप निर्माताहरु संघको सदस्य बन्न नचाहेको र दुई तिहाईभन्दा बढी सदस्यले सदस्यता नलिई संघका गतिविधिहरु बहिस्कार गरेका छन् ।

११. चार वर्ष अगाडिदेखि सदस्यता वापतको ८ लाख ९ हजार ८१ वटा निर्माता कम्पनीहरुको रकम हिनामिना गरेको । जसमा सिडीओ कार्यालयमा मुद्दा नवल खड्काको समूहले दिएपछिपछि ६ लाख तिरेको र अरु बाँकी २६ रकम नतिर्नका लागि राजनीतिक नेताहरुको शक्ति प्रयोग गरी दवाव र प्रभावमा सिडीओलाई साधारणसभा गर्न दिने निर्णय गराई उम्कन र उम्काउन खोजिएको छ ।

१२. पुरानो राष्ट्रिय चलचित्र निर्माता संघ खारेजी भयो भनि सिडीओ कार्यालय काठमाडाैँको लेटरप्याड साधारण सभामा पेश गरेको । तर, नक्कली लेटरप्याड बनाई निर्माताहरुलाई झुक्याएको । किनभने हालको नेपाल चलचित्र निर्माता संघको विधानले एउटै प्रकृतिको अन्य संघ संस्थाको कार्यसमितिमा रहेको व्यक्ति नेपाल चलचित्र निर्माता संघको कुनै पनि कार्य समितिको पदमा रहन नपाउने स्पष्ट व्यवस्था छ र पनि दुवै संस्थाको अध्यक्ष विधान विपरित रहिरहेको । किर्ते कार्य गरेको ।

१३. व्यापक रुपमा मिटर व्याजमा पैसा लगानी गरी चर्को व्याज असुल्ने गरेको र डर-धाक धम्की निर्मातालाई कार्यालयमा बोलाई कुटपिट गर्ने, मानसिक तनाव दिने, अनावश्यक संघ-संस्थामा राजनीति गर्नेजस्ता अमानविय कार्यहरु गर्ने गरेका सबैले सुन्दै आएका छन् । यस्ता अनियमित आर्थिक क्रियाकलापका कारणले ५-७ वर्ष अगाडिसम्म न्यून आर्थिक अवस्था रहेको व्यक्ति रातारात करोडौंको गाडी, लाजिम्पाटलगायतका ठाउँमा करोडौंका घरहरु बनाई अकुत सम्पत्ति जोडी आफू र आफन्तका नाममा राखिएको कुरा सबैमा विदितै छ । त्यसमा पनि सम्बन्धित न्यायीक निकायले आयस्रोत खोजिनुपर्छ र निजलाई कारवाही गरिनुपर्छ ।

१४. उच्च अदालतको साधारणसभा रोक्ने अन्तरिम आदेशलाई अवज्ञा गर्न संघको ठेगानामा जाँदा अर्को कार्यालय रहेको र बोर्ड टाँसेकोे ठाउँमा अदालतको पत्र पुग्दा ताल्चा लगाएर सबै भागेको र सूचना थाहा नपाएको भन्ने आधार बनाएको । सूचना सोहि दिन अदालतको वेभ साइटमा प्रकाशन गरेको, दैनिक पत्रिका, अनलाइन मिडिया, टेलिभिजन, बिभिन्न सामाजिक सञ्जालमार्फत व्यापक जानकारी भएको तर कोठे साधारण सभा गरेको प्रचारमा ल्याइएको ।

१५. संघका पूर्वअध्यक्षहरु र निवर्तमान अध्यक्ष कोहीपनि कथित साधारणसभामा उपस्थित नभएका र करिब ५०० भन्दा माथि सदस्य रहेकोमा १०० को हाराहारिमा मात्रै उपस्थिति भएको र ४०० भन्दा माथिले बहिस्कार गरेको आर्थिक पारदर्शिता नभएका कारणले दुई तिहाई भन्दा बढीले बहिस्कार गरेकाले संघ खारेजी गरिनु पर्दछ ।

अहिलेको स्थिति भनेको संघ खारेजी सो सरह हो । पुरानो टिमले छोडिसकेको र नयाँ टिमले बैधानिकता गुमाई सकेको अवस्था छ । सो टिमले गरेको कुनै पनि कार्य बैध हुँदैन भन्ने कुरा सबैले स्पष्ट रुपमा बुझन जरुरी छ ।

१६. हालको सदस्यता वापतको र भवन निर्माण शुल्क वापतको बैङ्क स्टेटमेन्ट खोज्न जरुरी छ । अदालतले साधारण सभा रोक्ने आदेश दिई सकेको अवस्थामा सरकारको अर्को अङ्ग बोर्डको प्रेक्षालयभित्र कथित संघको नौटंकी साधारणसभा किन गर्न दिइएको हो, यसको पनि स्पस्ट जवाफ हामीले चाहेका छौं ।

माथि उल्लेखित कारण श्री राजकुमार राईले पेशगत संघमा समेत आर्थिक भ्रष्ट्राचार र पदिय जिम्मेवारी पुरा नगरेको देखिन्छ । त्यस माथि नेपाल चलचित्र विकास बोर्डमा नेपाल सरकारको नीतिलाई कार्यान्वयन गर्न नसकेको र केही कार्यालय व्यवस्थापन गर्ने नाममा व्यापाक आर्थिक हिनामिना गरेकाले नीजले नेपाल चलचित्र विकास बोर्डको नेतृत्व निर्वाह गर्न नसकेको स्पष्ट देखिन्छ । अझ राज्यको न्यायीक सर्वोच्चतालाई उल्ङघन गरेकाले नीज राजकुमार राईलाई राज्यको निकायको नेपाल चलचित्र विकास बोर्डमा अध्यक्ष जस्तो पदमा राखिरहन उचित नहुने प्रष्ट हुन्छ । त्यसैले हामी चलचित्र निर्माताहरु श्री माननीय मन्त्रीज्यू समक्ष यथोचित कारवाहीका साथ अध्यक्ष पदबाट हटाउन अनुरोध गर्दछौं ।

नवल खड्का
(अध्यक्ष)
चलचित्र निर्माता संघ नेपाल

देश-समाजलाई केही दिन कलाकारितामा लागेकी हुँः गायीका भुमिका

bhumika 2

काठमाडौँ । गायीका भुमिका शाहले देश-समाज परिवर्तनको लागि आफू गीत-संगीत क्षेत्रमा लागेको बताउछन् । ‘के पाएँ, के गुमाएँ भन्दापनि देश र समाजलाई केहि दिन सक्छु कि भनेर गीत-संगीतमा लागेकी हुँ’ शाहले अनलाइन डबलीसँग भनिन् । चितवनको माडीमा जन्मेकी शाह स्कूल पढ्दादेखि नै...

बोक्सी कूप्रथाविरुद्धकाे चलचित्र ‘अग्निदहन’ सम्पादनमा 

boksi

काठमाडौँ । बोक्सा बोक्सी हुदैनन् र बोक्सा-बोक्सीको आरोपमा कसैलाई दण्ड गर्न पाइन्न भन्ने सन्देश फैलाउने उद्देश्यले ‘राष्ट्रिय जागरण प्रतिष्ठान’ले बिगत केही बर्षदेखि कार्यक्रम गरिरहेकाे छ । बाेक्सीबारेकाे अन्धविश्वासविरुद्ध जनचेतना जगाउन ‘अग्निदहन’ चलचित्र ल्याउन लागेकाे छ । याे संस्थाले यसअघि ‘मान्छे बोक्सी हुन्न...

छक्कापन्जा पाइरेसी प्रकरणः दीपकराजकै ठूलाे स्वार

dipak-dipa-krishna

काठमाडाैँ । चलचित्र छक्कापन्जा पाइरेसीकै कारण अात्महत्या गरेका नवलपरासीका कृष्ण सुवेदीकाे पाेष्ट मार्टम रिपाेर्ट नअाउँदै दीपकराज गिरीले प्रहरीमा छानविनकाे लागि उजुरी दिएका छन् । छक्कापन्जका निर्माता गिरीकै धम्कीका कारण अात्महत्या गरेकाे अाराेप लागिरहेका बेला उनले शनिबार साे उजुरी दिएका हुन् । ‘जाे...

अज्ञात समूहकाे अाक्रमणमा परी गायक गाैतम घाइते 

basant

मलेसिया ।  गायक वसन्तराज गौतम अज्ञात समुहको आक्रमणबाट घाइते भएका छ्न । मलेसियाको क्वालालम्पुर कोतरायास्थित एक नेपाली रेष्टुरेण्टमा रहेका गौतममाथि आइतबार घरेलु हतियार प्रयोग गरी अाक्रमण भएकाे थियाे । अाक्रमणकारीकाे पहिचान हुन सकेकाे छैन् । भेरी गंगा म्युजिक प्रालीका प्रबन्ध निर्देशक समेत...