Dabali News

  • Ad

प्रभाकर-कुलमान अाउनुअघि लोडसेडिङ ‘सुनको अण्डा’ थियाे

खगेन्द्र शाही, अध्यक्ष, नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त), नेपाल बिद्युत प्राधिकरण

k-shahi

लोडसेडिङमुक्त गर्ने मन्त्रीको अभियानमा तपाईँहरुले कसरी सहयोग गरिरहुन भएको छ ?

मन्त्री र प्राधिकरण नेतृत्वले लोडको व्यवस्थापन गर्ने योजना अगाडि ल्याएकाले अहिले लोडसेडिङको हटेको हो । यो अभियानमा हामी सँगसँगै छौँ ।

तपाईँहरु त यहीकै कर्मचारी, यो पहिला किन गरिएन ?

सबै कुरा नेतृत्वमा भर पर्छ । विगतको प्राधिकरण नेतृत्वले लोडको व्यवस्थापन भन्दापनि राजनीतिक नेतृत्वलाई घुस र कमिसन आउने ठाउँमा केन्द्रीत गराउथे । लोडसेडिङलाई देखाएर, उद्योग, सोलार, व्याट्रीबाट कमिसनमा केन्द्रीत हुने गरेका थिए । मन्त्री र विगतका प्राधिकरण नेतृत्व इमान्दार नभएका कारण लोडसेडिङ भएको थियो । तत्कालिन नेतृत्वको लागि लोडसेडिङ ‘सुनको अण्डा’ थियो भने प्राधिकरण अण्डा दिने कुखुरा। अरु जेसुकै गरेपनि ‘सुनको अण्डा’ फुटाउने हिम्मत नगरेकै कारण लोडसेडिङ भइरह्यो ।

अाेली सरकारले भारतबाट ५८० मेगावाट, कुलेखानीको ९२ मेगावाट र सौर्य ऊर्जाबाट १०० मेगावाट, नयाँ आयोजनाबाट २०० मेगावाट थपिएपछि मात्र लोडसेडिङ अन्त्य हुने घोषणा थियो । तर, आजको दिनमा भारतबाट ३८० आयत भइरहेको छ । त्यसैगरी कुलेखानीको एक दुई घण्टाभन्दा बढी चलाइएको छैन र सौर्य ऊर्जाबाट शून्य, नयाँ आयोजनाबाट ४७ मेगावाट मात्र थपिएको छ । अनि, कसरी भयो अघिल्लो सरकारको योजनाअनुसार ।

 

यो कुरा तपाईँहरुले पहिला किन उठाउनु भएन ?

हामीले उठाएका थियौँ । संगठनको बैठकमा निर्णय समेत गरेर तत्कालिन नेतृत्वलाई पटकपटक भेटेर सुझाव पनि दिएको थियौँ । तर, त्यसमा कुनै सुनावाइ वा वास्त गरिएन । यसअघिका प्राधिकरण नेतृत्वले कहिलै पनि आफ्नो जिम्मेवारीप्रति इमान्दार भएर सोँच्नु भएन । हामीले विगतको सबै मन्त्रीलाई पनि सुझाव दिएका थियौँ । एमाले नेतृ राधा ज्ञावाली मन्त्री भएर आएपछि हामीले संस्थागत रुपमै भेटेर सुझाव दिएका थियौँ । सुझाव दिएपपछि उहाँले हामीलाई कहिलै पनि सकारात्मक रुपमा हेर्नु भएन ।

तपाईँले आस्था राख्ने पार्टीकै नेताहरुले यसअघि पनि ऊर्जा मन्त्रालय समालिसकेका छन्, तपाईँहरुले त्यतिबेला सहयोग किन गर्नु भएन ?
हामीले सबै पार्टीको तर्फबाट भएका मन्त्रीलाई लोडसेडिङको वैज्ञानिक व्यवस्थापनबारे संगठनको तर्फबाट सुझाव दिँदै आएका छौँ । मन्त्री भइसकेपछि हामीले कुनै पार्टीको नेता भनेर हेरेनौँ र हेर्दैनौँ पनि । हाम्रो सुझावलाई कतिपय मन्त्रीले सुन्नै भएन । यसअघिका मन्त्रीमध्ये सबैभन्दा राम्रो काम पोष्टबहादुर बोगटीले गर्नु भएको हो । यदि त्यतिबेला उहाँ मन्त्री नभएको भए विद्युत प्राधिकरण अहिलेसम्म रहेन नै थिएन ।
लामो समयदेखिको महशुस समायोजन गर्नुभयो, प्राधिकरणलाई २७ अर्ब ऋणबाट मुक्त गरेको उहाँले khagendra-1नै हो । त्यस्तै सरुवा र बढुवालाई पारदर्शी, दक्ष जनशक्ति पूर्ति, भौतिक सम्पतिको दुरुपयोग रोक्ने बोगटीकै पालाबाट सुरु भएको हो । हामीले नै केही नेताले चढ्दै आएका गाडी समेत खोसेका थियौँ । उहाँ आउनु पहिले पद पूर्तिको लागि कुनै मापदण्ड थिएन । लाख भन्दामाथि दिन सक्नेलाई प्राधिकरणमा प्रवेश पक्का भन्ने कुरा संस्थागत भएको थियो । त्यसको अन्त्य त्यसबेलाबाटै भएको हो । उहाँले प्राधिकरणको प्रशासिनक संरचनामा वैज्ञानिक बनाउनु भएको थियो ।

त्यसैगरी ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ‘ऊर्जा संकट निवारण काल’, ‘ऊर्जा दशक’ घोषणाले गरेर ऊर्जा क्षेत्रका समस्यामा सबैको ध्यानाकर्षण गराउनु भएको थियो । त्यस्तै १३ वर्षदेखि रोकिएको खिम्ती ढल्केबरका टावर निर्माणको कामलाई अगाडि बढाउनेलगायतका काम महत्वपूर्ण काम गर्नु भएको थियो ।

एमाले नेता गोकर्ण विष्ट ऊर्जामन्त्री भएर आएपछि केही राम्रो काम गर्न खोज्नु भएको थियो तर उहाँका सहयोगी कर्मचारी र प्राधिकरण नेतृत्वले तार काट्न पठायो । उहाँ त्यसैमा भुल्नुभयो ।

कर्मचारी आफ्नो पार्टीको मन्त्री भएपछि नारा लगाउने र अर्को पार्टीको मन्त्री भएपछि विरोध गर्ने प्रवृति देखिन्छ । अहिले पनि तपाईँहरुबीच विवाद छ, यस्तो किन गर्नुहुन्छ ?

नेपालका केही ट्रेड युनियनहरु आफ्नो मुख्य जिम्मेवारीबाट पछि हटेका छन् । ट्रेड युनियनको मुख्य काम कर्मचारी तथा मजदूरहरुको हक अधिकारका साथै नेतृत्वलाई व्यवस्थापकीय रुपमा सहयोग गर्ने हो । तर, यहाँ मन्त्रीलाई भ्रष्टाचार गर्ने प्वाँल देखाउने, ठेकेदार र मन्त्रीबीच दलालको रुपमा काम गर्दै आएका छन् । यस्तो गर्ने केही संगठनका कारण सबै संगठन बद्नाम हुने अवस्था आएको छ । हामीले कुनै अहिलेसम्मका मन्त्री र प्राधिकरण नेतृत्वलाई सकारात्मक सुझाव दिएका छौँ ।

हाम्रो सुझाव मान्नेलाई साथ पनि दिइरहेका छौँ । यसअघि पनि हामीले धेरै पटक बैठकबाटै निर्णय गरेर मन्त्री र प्राधिकरण नेतृत्वलाई लोडसेडिङ अन्त्यका साथै ऊर्जा क्षेत्रका विकासबारे सुझाव दिएका थियौँ ।

अहिले माओवादी मन्त्रीले राम्रो काम गर्दा केही संगठनलाई मन दुखेको छ र काममा अवरोध गरिरहेका छन् । सुनको अण्डा फुट्ने भएपछि उनीहरुले विरोध गरिरहेका छन् । प्राधिकरणको धेरै कर्मचारीहरु अहिले खुशी छन् । लोडसेडिङलाई देखाएर महलको सपना देख्नेहरुले अवरोध गर्ने प्रयास गरिरहेका छन् । उनीहरु आफै नाङ्गिरहेका छन् ।

लोडसेडिङलाई देखाएर, उद्योग, सोलार, व्याट्रीबाट कमिसनमा केन्द्रीत हुने गरेका थिए । मन्त्री र विगतका प्राधिकरण नेतृत्व इमान्दार नभएका कारण लोडसेडिङ भएको थियो । तत्कालिन नेतृत्वको लागि लोडसेडिङ ‘सुनको अण्डा’ थियो ।

ओली सरकारकै योजनाअनुसार अहिलेको लोडसेडिङ अन्त्य भएको भनिन्छ नी ?

यहाँ ठूलो भ्रम छ । यो भन्दा पहिलेको सरकारले योजना बनाएको हो तर लोडको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेतिर सोँचेको पनि थिएन । त्यसमा ध्यान दिएको भए यो अवस्था त्यतिबेलै आउने थियो ।

यो भन्दाअघिकाे सरकारले एक वर्षभित्र १४२३ मेगावाटको माग हुने अनुमान गर्दै लोडसेडिङ अन्त्यको योजना बनाएको थियो । त्यहीअनुसार अाेली सरकारले भारतबाट ५८० मेगावाट, कुलेखानीको ९२ मेगावाट र सौर्य ऊर्जाबाट १०० मेगावाट, नयाँ आयोजनाबाट २०० मेगावाट थपिएपछि मात्र लोडसेडिङ अन्त्य हुने घोषणा थियो । तर, आजको दिनमा भारतबाट ३८० आयत भइरहेको छ । त्यसैगरी कुलेखानीको एक दुई घण्टाभन्दा बढी चलाइएको छैन र सौर्य ऊर्जाबाट शून्य, नयाँ आयोजनाबाट ४७ मेगावाट मात्र थपिएको छ । अनि, कसरी भयो अघिल्लो सरकारको योजनाअनुसार ।

अहिले सुख्खा यामसँगै प्रतिदिन खोलामा पानी घटिरहेको छ । त्योसँगै प्रतिदिन १० मेगावाट उत्पादन पनि घटिरहेको छ । तर, लोडको व्यवस्थापन भएकै छ । अघिल्लो सरकारको पालमा साउनमा समेत लोडसेडिङ भएको कसैले भुलेका छैनन् ।

shahi

यसलाई निरन्तरता दिँदै देशभर लोडसेडिङको अन्त्य गर्ने र नपुगेको ठाउँमा विस्तारको लागि मन्त्री र प्राधिकरण नेतृत्वलाई के सुझाव दिनु भएको छ ?

आउँदो जेठबाट अहिले बत्ति पुगिरहेको ठाउँबाट लोडसेडिङ अन्त्य गर्ने गरी काम भइरहेको छ । अर्को कुरा, बिद्युत उत्पादन गरेर मात्र लोडसेडिङको अन्त्य हुने होइन, उत्पादन भएको बिद्युतलाई वितरण गर्ने संरचना नभएका कारण पनि लोडसेडिङ हुन्छ । त्यसैले उत्पादनसँगै वितरण संरचनालाई पनि बढाउदै लैजानु पर्छ ।

हाम्रो अहिलेको संरचनाले यो भन्दा बढी भार थेग्न सक्दैन । त्यसैले नयाँ संरचना निर्माण, थप ट्रासन्फरम जडानको कामलाई पनि सँगै अगाडि बढाइएको छ । वितरण संरचनाको विस्तार नभए बिद्युत खेर जाने अवस्थामा छ । यसको लागि मन्त्री, प्राधिकरण नेतृत्व र हामी कर्मचारी सँगै अगाडि बढिरहेका छौँ । अर्को कुरा, वर्षामा हामीसँग बिद्युत बढी हुने अवस्था आएको छ । त्यसको लागि भारतसँग क्यान्टम एग्रिमेन्ट (बर्षामा बढी भएको विद्युत भारतलाई दिने र सुख्खा समयमा ल्याउने) पनि प्राधिकरणले अगाडि बढाइरहेको छ ।

अब हामी छापामार युद्ध चलाउने छैनौँः गणेश, वरिष्ठ नेता, भाकपा (माअाेवादी)

naxals-

रबि बेनर्जीले 'दि विक' का लिएको अन्तर्वार्ता

सुरक्षा बलले पहल आफनो हातमा लिएपछि तपाईँहरूले निकै ठूलो धक्का खानुपरेको छ भन्ने सरकारी दाबी छ नि ? केही हदसम्म यो सही हो । तर, त्यो हामीले जनसरकार चलाइरहेको ठाउँमा होइन । अब हामी छापामार युद्ध चलाउने छैनौँ, उनीहरूले आक्रमण गरेपछि त्यसको...

जे फल्छ त्यही फलाउनु हुँदैन,जे बजारमा बिक्री हुन्छ त्याे मात्र फलाउनु पर्छ

rp-bhari_photo

- राजेन्द्र प्रसाद भारी, प्रमुख, उच्च मुल्य कृषि वस्तु विकास आयोजना

यो अयोजना कुन कुन जिल्लामा लागु भएको छ ? उच्च मुल्य कृषि वस्तु विकास आयोजना नेपाल सरकारको कृषि विकास मन्त्रालयबाट सञ्चालन भएको सडक खण्ड सुर्खेतदेखि जाजरकोट दैलेख कालिकोट हुँदै जुम्ला कडिडरको समेटने गरी आसपासका जिल्लाहरु भनेर अहिले ७ वटा जिल्लाहरु जुम्ला कालिकोट,...

खाद्य सम्प्रभुता ग्यारेण्टीको लागि आइतबार नेपाल बन्द

mailal-lama

माइला लामा, केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज, नेकपा (माओवादी)

तपाईँहरुले फेरि नेपाल बन्दको आयोजना गर्नुभयो, किन ? राज्यले संविधानमा सम्प्रभुता लेख्ने तर व्यवहारमा उल्टो गर्दै आएको छ । नागरिकको पहिलो र आधारभूत अधिकार हो यो । यसको ग्यारेण्टीको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका थियौँ । भेटमा जिम्मेवारपूर्ण अभिब्यक्ति दिएका प्रधानमन्त्रीले व्यवहारमा...

प्रधानमन्त्रीले भारतसँग मगन्ते साेच राख्नु हुँदैन

sundarmani-dichhit-onlinedabali-5-29-sm

माथिल्लो कर्णाली अायोजनामा थप अध्ययन जरुरी छ

भ्रमणबारे एक डेढ वर्षयता बिग्रिएको सम्बन्ध सुधार्न प्रधानमन्त्रीको यसपटकको भारत भ्रमण महत्वपूर्ण छ । यो भ्रमणले नेपाल र भारतबीचको सम्बन्धमा थप मित्रता कायम हुनेछ भन्ने अपेक्षा धेरै राखेका छन् । राख्नु अन्यथा होइन । सम्बन्धमा चिसोपना नाकाबन्दीकै कारण आएको हो भन्ने कुरा...