Dabali News

Ad

गोली प्रहारबाट कृति मनी चेन्जरका सञ्चालक घाइते, पाँच लाख लुटियाे

विराटनगर ।

कृति मनी चेन्जरका संचालकमाथि गाेली प्रहार गरी पाँच लाख लुटिएकाे छ । अज्ञात समूहले विराटनगर उपमहानगरपालिका १९ स्थित जोगबनी-विराटनगर सडक खण्डको पिपलचोकमा कृति मनी चेन्जरका सञ्चालक बटेस साहमाथि सोमबार राति गोली प्रहार भएको हो ।

प्रहरीका अनुसार को११प २३७४ नम्बर मोटरसाइकल चढेर जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेका बेला दुईवटा मोटरसाइकलमा चढेर आएको समूहले गोली प्रहार गरेको थियो । आक्रमणकारी समूहले उनको साथमा रहेको पाँच लाख रुपैयाँ समेत लुटेर लगेको प्रहरीले जनाएको छ ।

घाइते ४० वर्षीय साहको कोसी अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । उनको दाहिने तिघ्रा र पाखुरामा गोली लागेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]