Dabali News

Ad

बुबालाई भेटेर अामाकाे कथा सुनाउने मन छ 

१८ पुस

सुर्खेत

लेखगाउँ सिरुपाटा-२ की मनिसरा सुनारका आँखाका आँसु अझै पनि ओभाएका छैनन् । उनी कष्टकर जीवन जिउँदै आएकी छन् । विगतका दिनहरु उनका लागि औसीको रात जस्तै हुन् । उनलाई फर्केर विगतलाई सम्झदा पनि उनलाई पीडा हुने गर्दछ । वि.सं.२०३४ साल जन्मीएकी मनिसराको १५ वर्षको कलिलै उमेरमा विवाह बन्धनमा बाँधिन बाध्य भइन् । इच्छा नहुँदा नहुँदै पनि घर परिवारले मागी विवाह गरिदिए ।

विवाह भएको १० वर्षपछि छोरा गगन सुनारकी आमा बन्न पुगेकी मनिसराको श्रीमान् ४१ वर्ष उमेरको भरत सुनार भारतमा ज्याला मजदुरी गर्ने भन्दै भारततिर हिँडेका थिए ।

घरमा मनिसरा र सासु एक बालक गगन मात्र थिए । बिहान बेलुकाको छाक टार्न धौधौ हुन्थ्यो । श्रीमान ज्याला मजदुरी गरेर ल्याउने आशा बोकेकी मनीसराका धेरै दिन त रातदिन रोएर बिते । कति दिने भोकै । बालक छोराको अनुहार हेर्दै दिन काटेको श्रीमानको सम्झना मेटाएकी थिइन तर केही वर्षपछि श्रीमान अर्की श्रीमतिसहित घर आए । त्यो दृश्यले आफूलाई रुखबाट खसेजस्तै बनाएको उनी बताउछन् । त्यो क्षणलाई सम्झदा अहिले पनि कुनै पीडा हुने गरेको मनिसराले अनलाइन डबलीसँग बताइन् ।

आफूले प्रतिक्षा गरेकै पतिबाट निकै यातना पाएको उनले दुखेसो पोखिन् । ‘मलाई पाठेघरको समस्या भएको छ । खर्च छैन कसरी उपचार गर्ने कोही पनि छैनन् । १३ वर्षको छोरा र ममात्र घरमा छु । श्रीमान् अर्को विवाह गरि गरेर भारतमै बस्नु भएको छ’ मनिसराले भनिन् । उनले आफ्नो भत्केको घर किर्डाक नेपालबाट सञ्चालित नमुना स्वाथ्य सवालम्वन आमा समुहका दिदीबहिनीहरुले बनाई दिएको बताइन् । मनिसराको विवाह दर्ता नहुँदा नागरिकता समेत बनाउन सकेकी थिइनन् । समूहकै पहलमा नागरिकता पाएपछि उनी अहिले खुशी छन् ।

आफ्नो नागरिकता नहँुदा छोरा गगनलाई समस्या हुने गरेको र असाध्यै पीडा हुने गरेको बताइन् । उता छोरो गगनको पनि काहाली लाग्दो कथा सुनाउँदै १३ वर्षको गगन सुनार हु । म अहिले सरस्वती उच्च माध्यामिक विद्यालय सिरुपाटामा कक्षा ८ मा अध्ययन गर्छु । म सानो हँुदा कक्षा १ देखि ५ सम्म नेरा प्राविमा अध्ययनरत थिए ।

‘म सानै छँदा मेरा बुबा भारतमा कमाउन जानु भएको थियो । घरमा आउँदा अर्को आमा लिएर आउनु भो, बुबाले आमा र मलाई माया गर्ने छोड्नु भयो । गगनले भावुक हुँदै भने कमाएर १ पैसा पनि दिनु भएन उल्टै यातना दिन थाल्नुभो, आमालाई जति यातना दिँदा पनि कहिल्यै प्रतिकार गर्नु भएन’ गगनले भने ।

 

आमाले मेलापात जाँदा मागेर ल्याएको खानेकुराले आफूले भोक मार्ने गरेको भन्दै गगनले आफू स्कूल जान समेत नपाएको बताए । उनले कापी, कलम र झोला नभएकै कारण आफ्न शिक्षा लिनबाट बञ्चित हुनु परेको बताए । सार्थीहरुसँग मागेर लेख्ने गरेको भन्दै उनले सधै माग्दा साथीहरुबाट गाली खानु परेको अनुभव गगनको छ ।

manisara-1

किर्डाक नेपालले गगनलाई छात्रावृति दिने निर्णय गरेको छ । यो खबरले उनी निकै खुशी छन् । ‘सरहरुले मेरो नाम सिफारिस गरेर पठाएपछि ड्रेस, झोला, जुता, २ वर्ष पुग्ने कापी-कलम दिएपछि मलाई खुसी लाग्यो विद्यालय नियमित जान थाले’ गगनले भने ।

धेरै पढेर आमालाई खुशी बनाउने सपना देखेका गगनलाई बुबालाई भेटेर आमाको कथा सुनाउन रहर छ । ‘बाबुलाई एक चोटी भेटेर मेरो र आमाको कथा सुनाउने इच्छा छ’ उनले भने । उनकी आमाले २०७३ सालको मंसिरमा मात्र नेपाली नागरिकता प्राप्त गरेकी छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com