Dabali News

Ad

क्रिष्टल प्यालेसलाई आर्सनलकाे २ गाेल

१८ पुस

काठमाडौं ।

इङ्लिश प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राती भएका खेलहरुमा आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । आफ्नै मैदानमा भएको खेलमा आर्सनलले क्रिष्टल प्यालेसलाई २-० ले हराएको हो ।

खेलमा आर्सनललाई विजयी गराउन ओलिभर जिरु र अलेक्स ईओबीले एक एक गोल गरे । जितसँगै आर्सनल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

प्रिमियर लिग अन्तर्गत गएराती भएको अर्को खेलमा टोटनह्याम हट्सपरले वाट्फोर्डलाई ४÷१ ले हराएको छ । खेलको पहिलो हाफमै टोटनह्यामले चार गोल गरेको हो । टोटनह्यामका लागि ह्यारी केन र डेले अलीले दुई दुई गोल गरेका थिए ।

दोस्रो हाफको ईन्जुरी समयमा वाट्फोर्डका योनुस काबुलले एक सान्तवना गोल फर्काएका हुन् । रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ४९ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ ।

४३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहँदा ४० अंकको साथ आर्सनल तेस्रो स्थानमा उक्लिएको छ । चौथो स्थानको टोटनह्याम हट्सपरको ३९ अंक छ भने समान ३९ अंक जोडेको म्यान्चेस्टर सिटी पाँचौ स्थानमा झरेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]