Dabali News

Ad

पशुपतिनाथकाे अाँगनमा यस्ताे भाेगियाे

मन्दिर जाँदै हुनुहुन्छ हो ?  एउटा अपरिचित आवाज हावाले बेस्कन कानमा ठोकायो । मैले उत्तर दिए, हजुर दर्शन गरौँकी सोचेर आको ! समयले कहिले आस्तिक र कहिले नास्तिक बनाइ दिन्छ । आज म पनि दिल खोलेरै आस्तिक भैदिएकी छु, मानौँ मन्दिरको पुजाले मेरो जीवनमा ठूलै न्याय दिनेछ, महंगै कायपलट गर्नेछ । हुन त भगवानले कसैलाई न्याय र अन्याय गरेको कुरा अहिलेसम्मा देखेकी छैन । तर, हाम्रा लागि सभ्यता र संस्कारको लागि पुजापाठ अनिबार्य थियो । त्यही धर्म पुरा गरीरहेकी छु । नारी हुनुको कर्तब्य पूरा गरिरहेकी छु ।

कर्मथलो, मतलब म उतै गाउँतिर आफ्नो गृहस्थि सजाउँदै मेरी दुई कोपिलालाई हुर्काउँदै थिए । हिन्दु संस्कारले दिएको नारीत्वको उपमा थियो मेरो जीवनको नियति । त्यही नियतिमा लुकामारी गरीरहेकी थिए । कहिले काही मेरी बहिनी आउथिन् सघाउँन सानो नानी थिईन् मेरो काखमा । त्यसैले बेलाबेला ममीले पठाई दिनु हुन्थ्यो ! जीवनका थुप्रै उतार चडाबहरुको तलाउमा पौडीदै एउटा खुडकिला पार गरिएको थिएँ । साथमा थिए दुई लालाबाला तिनै लाबालाहरुको खुशीमा रमाउनु बाहेक अरु केहि थिएन ।

मैले घर छोडीसकेपछि पालो थियो बैनीको । हुर्किसकेकी चेली अर्काको घर जानैपर्ने । बर्सौदेखिको चलन मेरी बहिनीको पनि बिहे गर्ने बेला भइसकेको थियो । उनि कसैको प्रेममा थिईन् । यो कुरो मलाई मात्र थाहा थियो । केटोको सिष्टता-बानी व्यबहार राम्रो लागेर बिहेको अनुमति दिइसकेकी थिएँ । उसको स्वतन्त्रतालाई सम्मान गर्दै राम्रो लगन हेरेर मंसिरको महिना उनको बिहे गरिदियौँ । ज्वाईसाप काठमाडौं बस्नुहुन्थ्यो त्यसपछि बहिनी पनि काठमाडौं बस्न थालिन् । उनिहरुको जीवनको दुइपांग्रे रथ पनि हुँकियो ।

बिहेको केही महिना पश्चात मलाइ भेटने निम्तो आयो । निम्तो अनुसार रात्रि बसको यात्रा पार गरेर काठमाडौ पुगेँ। बैनी भेट्ने बहाना बनाएर काठमाडौ सहरसँग साउती गर्नु थियो मलाई पनि । सपनाको शहर काठमाडौँसँग अंकमाल गर्नु थियो । सानी छोरीलाई लिएर म रात्रीबसमा हानिए । बिहान यस्तै छ बजेको थियो होला बसपार्क पुगेँ । मलाई लिन बहिनी आई सकेकी थिइने । हामी उनको निजी हिरासततिर गयौँ । काठमाडौँको बसाई घरबेटीहरुको यातना कोठा कुनै हिरासत भन्दा कम लाग्दैनन् । सायद त्यही पीडाको मारमा थिइन मेरी बैनी पनि ।
उनिहरूको कोठा बौद्धमा थियो । त्यो दिन त थकाई लागेकोले म दिन भर सुतिरहे अर्को दिन बौद्धस्तुपा गयौँ । बडो रमाइलो मानेर होला सानु यताउता कुदै थिइन् । उसैपनि मन्दिरै मन्दिरको शहर धेरै मन्दिरहरुमा गइयो ।

धेरै ठाउँ घुम्यौँ । हामी पशपतिको दर्शन गर्न भनेर बिहानै नुहाईवरी पुजाको टोकरी लिएर गयौँ । बौद्धबाट खासै टाढा थिएन हिँडेरै गएका थियौँ । हामी गुह्यश्वरी पुगेर त्यहाँ पनि दर्शन गरी अलि अगाडि मात्र के बढेका थियाैँ । बादलु यसरी रोयो की हामीसँग भएको छातालाई हम्मेहम्मे पर्यो आसु थाम्न । एकछिन रोकियौँ । बर्षात अलि कम भयो । हामी भिजिसकेका थियौँ । साउनको महिना बादल बर्षिनु स्वाभाविक नै थियो । हामी पानीसँगै पौठेजोरी खेल्दै मृगस्थली हुँदै अगाडि बढ्यौ । किरातेश्वर महादेवको मन्दिर पुग्यो । त्यँहा पनि दर्शन गर्यौँ । पानी बेगले परी रहेकाले एकछिन बस्यौ । बर्षातको पानी रोकिने छाट थिएन । कुर्नुभन्दा जाऔँ भनेर हामी हिड्यौ । बाटो चिप्लो थियो । सानुलाई पिठ्यूमा बोकेर बहिनी हिडीरहेकी थिइन् ।

pashupatinath-temple

हाम्रो पछिपछि दुई जना केटाहरू थिए । मान्छेहरु धेरै ओहोरदोहोर गरिरहेकै थिए । बाटो चिप्लो थियो । हामी दिदी बहिनी एक अर्काको हात समाएर हिँडीरहेका थियौँ । हाम्रो लागी सुरक्षित हिड्नु ठूलै चुनौती थियो । केटाहरुले बेलाबेला आपसमा बोलेझैं गरी हामीलाई छेड हानीरहेका हुन्थे । हामीले सुनेपनि नसुनेझैं गथ्र्यौँ । पशुपतिनाथको दर्शनभर उनिहरुको नजर हामीसँगै दौडीरह्यो । मानाैँ उनिहरु हाम्रो सुरक्षामा हिडिरहेका छन् । हुन त हामीमा एकआपसमा बोलचाल भएन । तर, नजरको बोलचाल कुनै चिरपरिचित साथी भन्दा कम थिएन । बिस्तारै बिस्तारै हिड्दै थियौँ । कोही बोल्यौ राम्रो सँग हिड्नुस् है लड्नु होला फेरि । यसो पछाडी हेरेको त हाम्रो पछाडी हिडिरहेका ति दुई युवक पो रहेछन् । हामीले उनिहरूलाई भन्यौँ, हामी हिड्न सकदैनौँ हजुरहरूलाई ढिला होला । होइन ठिकै छ हिड्नुस् फेरि भने । हामी आफ्नै सुरमा हिडिरह्यो उनिहरु हामीसँग बोल्न खोज्दै थिए । सानुलाई बेलाबेला बोलाउदै थिए । मेरी सानु राम्री भएकाले सबैले माया गर्थे । कतिपय निः सन्ताले दिनुस् नै भनेका थिए ।

बाटोबाट जब आँखाले भ्याउन छोड्यो । सानो रुखमा चढेर हेर्न पो थाले । हेर त हुँदाहुँदा रुखमै चढेर पो हेर्छ बा, मर्छकी क्या हो ? कस्तो खाते रहेछ, अब बाटो चेन्ज गर्नुपर्छ त्यस्ताको भर हुँदैन भनेर । हामी तिनीहरूको आखा छलेर अर्को गल्ली छिरेर चावहिलतिर लाग्यौँ ।

ति दुई युवक मेरी छोरीको वर्णन गर्थे । कती क्यूटबेबी भन्दै उनीहरु आपसमा कुरा गर्थे । एउटाले सोधीहाल्यो हजुरहरू घरको चै कता ? पश्चिम मैले उत्तर दिएँ । उनीहरुमध्ये एकले फेरि सोध्यो, अनि यता कता बस्नुहुन्छ ? बौद्ध, मेरो उत्तर थियो । के गर्नु हुन्छ ? उनिहरुले अर्को गरे । केही गर्दैनाैँ, यतिकै घुम्न आको मैले उत्तर दिएँ । उनिहरूको प्रश्नले मलाई झ्याउ लागिरहेकाले मैले प्रतिप्रश्न गरे, हजुरहरुको घर कता नि ? तनहुँ, ढिलै नगरी जवाफ आयो । मैले मनमनै सोँचे कति हतार भको होला बोल्न । केटी देख्नै नहुने यी केटाको जात । हुन त जातै बैमानी, नजर बैमानी लोग्ने मान्छेले मौका छोपी हाल्छन् ।

केटाहरु कतै चोर त हैनन् । मैले बहिनीको कानमा सुटुक्क भने । उनले भनिन्, जो पनि चोर हुन्छन् ? हजुर पनि, मान्छेको मनमा केके हुन्छ हुन्छ । अघिदेखि हाम्रो पिछा गरिरहेका छन्, अगाडि जाँदैनन्, के तालका मान्छे हुन् । मैले बेलाबेला बहिनीको कानमा भन्थे । चिप्लो बाटोको कठिन यात्रापछि हामी पशुपति पुग्यौँ । अब चै पिछा छुट्ने भो सोचेर मन्दिरभित्र प्रवेश गर्यौँ । तिनीहरू पनि दर्शन गरेर बाहिर निक्लिए । मैले सन्तुष्टीको सास फेरे धन्न छुटकारा पाईयो उफ ! बहिनी हासिन् र भनिन् त्यति डर लागेको थियो ? सोधिन् । लागी हाल्छ नि कसरीपछि लागिरहेका थिए, मेरो त सातो नै उडेको भने । उनि हास्न थालिन् । डरबाट मुक्त मेरो चेहेरा देखेर ।

पुजा सकेर बाहिर निस्कियाैँ । ति केटाहरु त बहिरै छन् । आम्मै ति मोराहरु त बाहिरै छन् हो केटी । मैले बहिनीसँग भने । हो त खै के तालका मान्छे हो । तिनीहरुको आखा छलेर यतै बसाैँ भनेको त देखि हाले छ । हाम्रो नजिक आएर कति बेला फर्कनु हुन्छ फेरि सोध्यो । एकछिन बस्छौँ होला । मैले कुरा टाले । हो हामी त जान्छौँ, उसले भन्यो । मैले मनमनै भने, के सुनाको होला गए भइहाल्यो नि, आमाबाटको मामा न बाउबाटको काका । उनिहरु गए । अब हामी पनि जानुपर्छ भनेर हतारहतार पश्चिमद्वारबाट बाहिर निस्केको मात्र के थियौँ ति केटाहरु त बाहिर पर्खिरहे जस्तै गरी उभिएका थिए । ल हेर के पाराका मान्छे हो हेर त गकै छैनन्, मैले बहिनसँग भने । उनीहरुले फेरि सोधे, जानलाको ? जानु परो नि आफ्नो गन्तव्यमा, मैले भने । मनमनै सारै रिस उठेको थियो ।

बैनी भेट्ने बहाना बनाएर काठमाडौ सहरसँग साउती गर्नु थियो मलाई पनि । सपनाको शहर काठमाडौँसँग अंकमाल गर्नु थियो । सानी छोरीलाई लिएर म रात्रीबसमा हानिए । बिहान यस्तै छ बजेको थियो होला बसपार्क पुगेँ । मलाई लिन बहिनी आई सकेकी थिइने । हामी उनको निजी हिरासततिर गयौँ । काठमाडौँको बसाई घरबेटीहरुको यातना कोठा कुनै हिरासत भन्दा कम लाग्दैनन् ।

हामी उत्तरतिर लाग्यो पशुपतिबाट उत्तर पर्छ बौद्ध । हामी आफ्नो बाटो हिँडीरहयौँ । तिनीहरूले एक टकले हेरिरहे । डर लागिरहेकाले मैले पछाडी फर्केर हेर्दै हिडेकी थिएँ । आँखाले देखुन्जेल तिनीहरूले हेरिरहे । संयोगवश त्यहाँ खै के को रुख थियो । आँखाले भेटिन्जेल उनीहरुले हेरिरहेका थिए । बाटोबाट जब आँखाले भ्याउन छोड्यो । सानो रुखमा चढेर हेर्न पो थाले । हेर त हुँदाहुँदा रुखमै चढेर पो हेर्छ बा, मर्छकी क्या हो ? कस्तो खाते रहेछ, अब बाटो चेन्ज गर्नुपर्छ त्यस्ताको भर हुँदैन भनेर । हामी तिनीहरूको आखा छलेर अर्को गल्ली छिरेर चावहिलतिर लाग्यौँ ।

मनमनै सोँचे बंगलादेशकी नारी लेखक तसलिमा नसरीनले त्यसै भनेकी हैनन यौन क्रियाका लागि महिलाहरुले पुरुषहरु चाहिँदैन भनेको दिन त्यो पुरुषहरुको अन्तिम पराजयको दिन हुनेछ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]