Dabali News

Ad

‘राष्ट्रियताकाे लागि बन्दुक बोक्न तयार छु’

पुरुषले लगाउँने पहिरन महिलालाई पटक्कै सुहाउँदैन । कतै तपाइँ श्रीमती, अामा, बहिनी, दिदी, फुपू आदिले पुरुषको टोपी लगाएर जोकर त भई रहेका छैनन ? फेरि हामी महिलाले गुन्यू चोली दिवस मनाए भने पुरुषहरुले गुन्यू चोली लगाएर हिड्न त मिलेन ।

टोपी संसारमा धेरै देशका मानिसले लगाउँछन्। टोपी पनि थरीथरीका छन्, नेपालमै पनि भादगाउँले टोपी,ढाका टोपी, बिर्खेटोपी र छतरे टोपी आदि…। हाम्रो मिथिला संस्कृतिमा पनि टोपी लगाउने चलन छ मिथिला टोपीलाई ‘पाग’ भनिन्छ । अब भन्नुहोस कुन चाही टोपी दिवस मनाउने ? कसैको टोपी लाउने बानी होला,कसैको सस्कार होला,कसैको राष्ट्रियता झल्केला आफ्नो ठाउँमा छ। खै मैले त बुझ्नै सकिन किन यो बेमौसम अचानक टोपी र धोतीको जुहारी हुँदैछ ?

नेपालको इतिहासमा सबैभन्दा ठूला पदमा बस्ने भ्रष्टाचारीहरू र राष्ट्रविरोघी सन्घि-सम्झौता गर्नेहरू पनि सबै टोपी लगाउने बर्ग कै छन्। एक दिन टोपी लाएर राष्ट्रवादी हुने भए ३६५ दिन नै लगाउनु पर्यो। एकदिनको राष्ट्रवादले देशलाई कही लादैन । समानताको कुरा गर्न र ब्यबहारमा उतार्न सजिलो छैन आज राज्यले टोपी दिबस मनाउला भोली अरु जात जातिले हाकुपटासी, पटुका, सामायानफुंग, छुबा, टँटुंग लुङ्गी, धोती, गुन्यू चोली, बख्खु दिवस मनाउलान, खै कसरी भयो समानता ? समानता हुन टाउकोमा टोपी कम्मरमा कक्छड तराई पहाड हिमाल समेट्ने पोसक हुनुपर्छ ! टोपीले मात्रा समावेशीता देखाउदैन । प्रतिकवादी, अस्तित्ववादी भन्दा पनि यथार्थवादी बन्न सिकौं ।

सबभन्दा पहिले टोपी ,हाकुपटासी, पटुका, सामायानफुंग, छुबा , टॅटूंग लुंगी , धोती, गुन्यू चोली, बख्खु को लाज बचाउ,देशलाई आत्मनिर्भर बनाउन ,स्वदेशी रोजगारको लागि बाटो बनाउ र स्वदेशी उत्पादित बस्तु विदेशमा बेच्ने बातावरण बनाउ , ज्ञान,विज्ञान,शिक्षा ,सीप तालिम ,आधुनिक प्रविधि , उद्योग र कृषि विकासको लागि उल्लेखनीय काम गरेर देखाउ।यो झुठो ,खोक्रो ,अन्धविश्वास र मतभेद हुने धोती , टोपी हाक्कू पोटासी, पटुका ,सामायानफुंग, छुबा , टॅटूंग , लुंगी बख्खु दिवस मनाएर राष्ट्रीयताको खिल्ली नउड़ाउँ ।

‘न्यू इयर इभ’ को पार्टीमा कोट, पाेइन्ट, टाई लगाएर, बिदेशी रक्सी पियेर मनाउने अनी त्यसको भोली पल्ट टोपी लगाएर राष्ट्रियता देखाउनेदेखि साबधान रहने बेला आएको छ । कतै यो डलर कमाउनेहरुको खेल त होइन ? हिमाल, पहाड र तराईका नेपाली आपसमा भेद ल्याउने समूहका पछाडि नलागाैँ ।

जे भएपनि टोपी दिवसको शुभकामना ! मेरो शरीरमा एकसरो बस्त्र भएपनि नभए पनि म नेपाली थिए, नेपाली छु र नेपाली रहन्छु । सही विचार र कर्मले नेपाली बनौं । टोपी लगाउँदैमा रास्ट्रवादी र नलगाउँदैमा राष्ट्र बिरोधी हुँदैन । चर्को राष्ट्रवाद ! खोख्रो राष्ट्रवाद ! थोत्रो राष्ट्रवादभन्दा सानो सक्ने कामले पहिचान बनाअाैँ । आबश्यक परे मेरो देश नेपालको राष्ट्रियता, अखण्डताको लागि टाउकोमा टोपी होइन म बन्दुक बोक्न तयार छु ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]