Dabali News

Ad

टेलिकमको ‘फोरजी’ सेवा सुरु

काठमाडौं ।

नेपाल टेलीकमले चौंथो पुस्ता ‘फोरजी’ आजबाट नेपाल टेलिकमले सुरु गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले सोमबार एक कार्यक्रमबीच सो सेवाको शुभारम्भ गरेका हुन् ।

यो सेवा लिन पोष्टपेड प्रयोगकर्ताहरुले यो सुविधा लिनको लागि *444# डायल गर्नु पर्ने हुन्छ । पोष्टपेड प्रयोगकर्ताहरुले यो सुविधा लिनको लागि *444# डायल गर्नु पर्ने नेपाल टेलिकमले जानकारी दिएको छ ।

हालका लागि यो सेवा पोष्टपेड प्रयोगकर्ताहरुका लागि मात्र भए पनि माघ २२ देखि प्रिपेड मोवाइलमा सेवा दिने टेलिकमले जनाएको छ । टेलिकमले हाललाई ‘थ्रिजी’ कै महसुल दरमा यो सेवा पनि उपलब्ध हुने छ ।

यो सेवा अहिले पोखरा र काठमाडौंमा सुचारु हुने टेलिकमले जनाएको छ । यसको लागि ‘फोरजी’ चल्ने मोवाइल सेट आवश्यक हुन्छ। अहिले चलिरहेको सिम कार्डले सपोर्ट नगरेमा टलिकमबाट नयाँ ‘फोरजी’ सिम लिनुपर्ने टेलिकमले जनाएको छ।

काठमाडौं उपत्यकाको रिङरोड भित्रका सबै क्षेत्र, इन्द्रेणी, गोदावरी रिसोर्ट क्षेत्र साथै भक्तपुरका क्षेत्रहरुमा यो सेवा सुचारु हुने छ। पोखराको हकमा महेन्द्रपुल, न्युरोड र लेकसाइड क्षेत्रमा ‘फोरजी’ चल्ने छ।

टेलिकमका अनुसार हाल ३ लाख ५० हजार पोष्टपेड मोवाइलमा यो सेवा सुचारु हुने छ। टेलिकमले ‘फोरजी’ सेवा सुचारु गर्न ३.६ मिलियन अमेरिकी डलर खर्च गरेको जनाएको छ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-460....
Email
onlinedabalis@gmail.com
newsdabali@gmail.com