Dabali News

  • Ad

बुटवलमा गुञ्जियो परिवर्तनका स्वरहरू

mmm

१६ पुस

बुटवल ।

बुटवलमा स्रस्टाहरूले आफ्नो कविताका माध्यमबाट परिवर्तनका आवाज गुञ्जाएका छन् । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको आयोजनामा आयोजित ‘सिर्जनामा पविर्तनका स्वरहरु’ शीर्षकमा स्रष्टाहरूले आफ्ना सिर्जनात्मक आवाज गुञ्जाएका हुन् ।

उक्त कार्यक्रममा दिल साहनी, रामचन्द्र भट्टराई, अजम्बरध्वज खती, चतुर्भुज आत्रेय, डा. शिवशंकर बस्याल, गिरी श्रीस मगर, कविराज पौडेल देवेन्द्र घिमिरे, तारा प्रसाद श्रेष्ठ, डा. शिव पा्ेडेल, निशान पटेल, लिला राना, प्रेम विक, जयन्तीथापा, विकास केसी, ज्ञानु केसी, प्रकाशसिंह राना, गंगाराम कहाँर, गणेश खनालले आ–आफ्ना शक्तिशाली कवितावाचन गरेका थिए । सो अवसरमा संगठनका तत्कालीन अध्यक्ष महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ का अमर कविताहरू पनि वाचन गरिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी) का केन्द्रीय सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज कमरेड वीरजंगले राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा परेको बेला लेखक तथा साहित्यकारहरू जुर्मुराउँदै राष्ट्रिय स्वाधीनताका पक्षमा संघर्ष गर्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रमा अतिथिहरू वरिष्ठ माक्र्सवादी चिन्तक दिल साहनी, प्रगतिवादी कवि रामचन्द्र भट्टराई तथा प्रलेस रुपन्देही शाखाका अध्यक्ष देवेन्द्र घिमिरेले संक्षिप्त रूपमा विचारोत्तेजक मन्तव्य पनि राखेका थिए । उक्त कार्यक्रमा रक्तरञ्जित सांस्कृतिक परिवारले विभिन्न क्रान्तिकारी गीत–नृत्य प्रस्तुत गरेको थियो ।

सयौं जनसमुदायको उपस्थिति रहेको सो भव्य कार्यक्रमको अध्यक्षता अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले गरेका थिए भने सञ्चालन अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य एवम् लुम्बिनी ब्युरो प्रमुख खोमा तरामु मगरले गरेका थिए ।

कमिसन खाएर मिटर विगार्ने काँग्रेस-एमाले निकट १२ कर्मचारी पक्राउ 

pakrau

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका १२ कर्मचारीलाई  प्रहरीले विद्युत चोरीकाे अाराेपमा पक्राउ गरेकाे छ । पक्राउन पर्नेमा नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १२ कर्मचारी र चार जना व्यवसायी छन् । कमिसन खाएर उद्याेगका मिटर विगारेर कम बिलिङ गर्ने बालाजु क्षेत्रका सुपरभाइजर सुमन श्रेष्ठसहित...

प्रधानमन्त्रीले भने-कठोर निर्णय लिनसक्छु

pm-prachanda

काठमाडौं प्रधानमन्त्री प्रचण्डले जाेखिम उठाएरै भएपनि चुनावकाे मिति घाेषणा गर्ने सक्ने बताएका छन् । अाइतबार काठमाडाैँमा अायाेजित एक कार्यक्रममा बाेल्दै प्रचण्डले अाफूले धेरै पटक जाेखिम लिएर निर्णय गरेकाे भन्दै चुनाव मिति घाेषणा गर्ने बताएका हुन् । उनले माघ १५ गतेभित्र सरकारले चुनावको मिति...

फेटोको दोस्रो साधारण सभा सम्पन्न

feto

काभ्रे । नाट्य संस्था महासंघ (फेटो) नेपाल काभ्रे शाखाकाे दोस्रो साधारण सभा  सम्पन भएकाे छ । बनेपामा अायाेजित एक कार्यक्रममा राप्रपा नेपालका काभ्रे सचिव राजेन्द्र केसीले कुनै पनि संस्था बलियो हुनको लागि समुहमा रहेका ब्यतिहरुको महवपूर्ण भूमिका रहने बताए । कार्यक्रमका प्रमुख...

क्रान्ति छाेडेर प्रचण्ड-बाबुराम विदेशीका तलुवा चाटिरहेका छन्ः विप्लव

biplav-prakask-chandra

काठमाडाैँ । नेकपा (माओवादी)का महासचिव विप्लवले प्रचण्ड-बाबुरामले क्रान्ति छाडेर विदेशीको तलुवा चाटिरहेकाे बताएका छन् । उनले प्रचण्ड-बाबुराम क्रान्तिबाट भाग्दैमा क्रान्तिकाे यात्रा नराेकिने समेत बताए । अख्तियारकाे पूर्व प्रमुख लाेकमानसिंह कार्कीलाई कालाेमाेसाे दल्ने प्रकाश शाही र चन्द्र बुढाकाे अभिनन्द कार्यक्रममा अाइतबार बाेल्दै विप्वले दलाल...