Dabali News

Ad

श्रीमानको यातना सहन नसकेर हप्ता दिन हिडेर सदरमुकाम पुगिन् बिषा बिक

१६ पुस

दुनै ।

डोल्पा जिल्लाको गाइगाउँ गाबिस–९ की एक महिला श्रीमान्को कुटाइ सहन नसकेर न्यायको लागि एक हप्ता हिडेर दुनै पुगेकी छन् । २४ बर्षीय बिषा कुमारी बिक न्यायको लागि दुई वर्षे छोरा बोकेर भोकभोकै दुनै पुगेकी हुन् ।

बिषाको श्रीमानले मरणासन्न हुने गरी कुटपिट गरेपछि जिल्लास्थित महिला तथा बालबालीका कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय पुगेर न्याय मागेकी छन् ।

शरीरभरी निलडाम भएकी बिषाले श्रीमानले विगत ६ बर्षदेखि पटकपटक कुटपिट गर्दा सहेको भन्दै ज्यानै लिने गरी कुटापिट गरेकाले सहन नसकेको बताएन् ।

अनुहारदेखि शरीरका विभिन्न भागमा निल डाँम, काखमा दुई बर्षीय छाेराे बाेकेर सरकारी र गैरसरकारी निकायसँग न्यायकाे लागि गुहार गरिरहेकी छन् बिषा ।

उनको जिल्ला अस्पतालमा उनको उपचार भइरहेको छ । उपचारपछि बिषाको निवेदनमाथि छलफल गर्ने जिल्ला प्रशासन कार्यालय डोल्पाले बताएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]ail.com