Dabali News

  • Ad

मुसहर बस्तीका नेता कराेडपति, जनतालाई जाडाे-छाक टार्न समस्या

१६ पुस 

musar-tripathi

परासी ।

तराईमा बढ्दो जाडोले मुसहर बस्तीनै समस्यामा परेको छ । ज्याला- मजदुरीकाे भरमा छाक काट्दै अाएकाे याे समुदायका बालबालिकाकाे जीवन जाडोले झन् कष्टकर बन्दै गएकाे छ । बालिबालिकाहरुले न्यानाे लुगा लगाउन र पेटभरी खान समेत भएका छैनन् । गाउँगाउँमा मजदुरी गर्ने  र खोलानालाबाट माछामारी बिक्री गरेर जीवन गुजरा गर्दै अाएका मुसहर समुदायलाई जाडाेले सताएकाे छ ।

नवलपरासीको गुठीपर्साैनी -३ कठहवास्थित मुसहरबस्तीका अधिकांश महिला पुरुषहरु ज्याला मजदुरी नै गरि पेट पाल्ने गरेका छन् । ४५ घरधुरी रहेको कठहवा मुसहर बस्ती जिल्लाको सदरमुकाम परासीदेखि करिब ४० किलोमिटर सिमाक्षेत्रमा अवस्थित छ । शिक्षा एवं जनचेतनाले निकै पछाडी परेकाे याे समुदाय सरकारी सेवा-सुविधाबाट बन्चित छ ।

अनुपातमा एक घरमा पति पत्नि र बच्चासहित पाँच जनाको परिवार छ । बस्तीका महिलाहरु गाउँमा उखु काटने, जमिन्दारको खेतीपाती गर्ने र ज्याला-मजदुरीमा व्यस्त छन् भने पुषरु भारतकाे दिल्ली, बम्बई, लोधियानालगायत ठाउँमा गएर मजदूरी गर्ने गरेका छन् ।

मुसहरको दिनचर्या

सयाैं वर्षदेखि अटेरपटेर, खरफुस र बाँसको छाउनी (झोँपडी) को घर बनाई बस्दै आएका मुसहर बस्तीमा एक पनि पक्की घर छैन । शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानीजस्ता अत्यावश्यक सेवा-सुविधाबाट बन्चित रहेका मुसहरबस्तीमा सरकार तथा यसको सम्बन्धित निकायको पहुँच पनि न्युन छ ।

बस्तीका अधिकांश बालबालिकाहरु अभिभावकसँगै मजदुरी तथा खोलानालामा माछा मार्न र बाख्रा चराउने काममा व्यस्त रहने गरेका छन् । बालबालिकाहरु जाडोको कपडा नभएकै कारण अहिले विद्यालय जान सकेछैनन् । कपडा लत्ता, किताब, कपी कलम, झोला नभएकै कारण  विद्यालय जानबाट बालबालिका बञ्चित छन् ।

आर्थिक अभावमा गाउँभन्दा बाहिर विदेश समेत जान नपाएका मुसहर युवाहरु पनि गाउँकै जमिन्दारहरुको खेतीपातीमा अल्झेका छन् । मुसहबस्तीमा एक जना मात्र विदेश छन् । बस्तीमा भरीमा कुनै व्यक्तिले एसएलसी पासका छैनन् । खासगरी विद्यार्थीहरु कक्षा ७ देखि कक्षा ८ मा पढ्दा पढ्दै घरपरिवारलाई काममा सहयाेग गर्नु पर्ने बाध्यताका कारण उनीहरुले अगाडि शिक्षा लिन पाइरहेका छैनन् ।

दिनभरी काम गरेमात्र साँझ-विहान छाँक टर्ने याे समुदायकाे बाध्यताकाे कारण बालिबालिकाले पढ्न नपाएका हुन् । न्यानाे लुगा र राति अाेड्न-अाेछ्याउन नभएपछि सधै झैं याे वर्षकाे जाडोमा पनि याे समुदायकाे जीवन कष्टकर बन्दै गएकाे हाे ।

मुसहर बस्तीमा शुद्ध खानेपानी छैन, विद्यालय छैन, विजुली पनि छैन । विहान सुतेर उठेपछि हतारहतारमा खाने पकाउने खाने काममा जाने फेरि साँझ फर्केर दिनभरीकाे कमाईले भाेक मार्ने  मुसहरहरुकाे दिनचर्या हाे । करिब १० वर्षअगाडि सो बस्तीमा हैजा महामारीले १५ भन्दा बढि मुसहरले ज्यान गुमाएका थिए । चेतनाकै अभावले सरसफाई, जन्मदर्ता, नागरिकता, योजना निर्माण, र सामाजिक भत्ताजस्ता राज्यबाट उपलब्ध भइरहेकाे सेवा-सुविधानबाट समेत बन्चित छन् ।

mushara

याे बस्ती तमलाेपाकाे बरिष्ठ उपाध्यक्ष ह्देश त्रिपाठीको गाउँ हो । उनी पटकपटक मन्त्री समेत भए तर याे गाउँमा कहिलै खुशीयाली अाएन । भौतिक योजना तथा यातायात व्यवस्था जस्ता महत्वपूर्ण मन्त्रालयकाे चार पटक जिम्मेवारी समालिसकेका नेता त्रिपाठीले याे गाउँकाे लागि भने सिन्काे समेत भाँचेका छैनन् । नेता त्रिपाठीका दुबै हातभरी सुनका अाैठी भएपनि जनताले भने जाडाेमा एक सराे कपडा लगाउन पाएका छैनन् ।

मुसहर बस्तीमा १ सय २५ घरधुरी मध्ये त्रिपाठीसहित ४० घर मात्र पक्की घर छन्  । मदार बाबा, त्रिबेणी धाम, केरा उखुको पकड पनि यही क्षेत्र भएपनि पटक-पटक मन्त्री हुँदा अाफ्नाे अार्थिक विकास मात्र गरेकाे भन्दै दाेस्राे संविधासभाको निर्वाचनमा यही वस्तीका नेपाली काँग्रेसका नेता देवकरण कलवार (सन्तु) लाई जिताएका हुन् । कलवारको घर गुठी पर्साैनी नै हो । सांसद कलवारको पनि ३ वर्ष कटिसक्दा पनि मुसहर समुदायकाे समस्याबारे कुनै चाँसाे नदिएकाे गुनासाे स्थानीय रामजती मसुहरले गरे । उनले सांसद कलवारले पनि आफनो कार्यकर्तालाई मात्र खुशी पार्ने गरेका बताए ।

देश-समाजलाई केही दिन कलाकारितामा लागेकी हुँः गायीका भुमिका

bhumika 2

काठमाडौँ । गायीका भुमिका शाहले देश-समाज परिवर्तनको लागि आफू गीत-संगीत क्षेत्रमा लागेको बताउछन् । ‘के पाएँ, के गुमाएँ भन्दापनि देश र समाजलाई केहि दिन सक्छु कि भनेर गीत-संगीतमा लागेकी हुँ’ शाहले अनलाइन डबलीसँग भनिन् । चितवनको माडीमा जन्मेकी शाह स्कूल पढ्दादेखि नै...

यातायात मन्त्रीले भारतकाे राष्ट्रिय गान गाएपछि…

ramesh - national-anthem-of-india

कैलाली । नेपाल सरकारका भाैतिक तथा यातायात मन्त्री, ठाउँ धनगढी, कार्यक्रम नेपालकै तर राष्ट्रिय गान भने भारतीय । बिहीबार धनगढीकाे क्याम्पस राेडमा अायाेजित कार्यक्रमका विशेष अतिथि थिए भाैतिक तथा यातायात मन्त्री रमेश लेखक । साेही कार्यक्रमका प्रमुख अतिथि थिए नेपालस्थित भारती राजदूत...

पार्टीकै पत्रकारले भने-सञ्चारमन्त्री महिला-मदिरामा बिके, कालोमोसो दल्छौँ

Ram-Karki-minister

काठमाडौँ । माओवादी केन्द्रका नेता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की र उनकै पार्टी निकट पत्रकारहरुबीचको अन्तरविरोध शिखरमा पुगेको छ । कार्कीले हरेक निर्णयमा पार्टी निकट पत्रकारहरुलाई बाइपास गर्ने गरेको आरोप प्रेस सेन्टरका नेताहरुले लगाउँदै आएका थिए । बिहीबारको मन्त्रिपरिषबाट रेडियो...

पार्टीकाे नामबाट ‘माअाेवाद’ हटाउने प्रस्तावसँगै दिल्लीबाट अायाे विप्लवलाई यस्ताे पत्र 

Bimal

कमरेड विप्लव अभिवादन । तपाईंले आउने महाधिवेशनबाट माओवाद छोड्ने प्रस्ताव गरेकाे समाचार सामाजिक सञ्जालमा देखेँ र केही पत्रिकामा समेत पढेँ । पार्टीको अधिकारिक निकायभित्र पनि केही छलफल गरेकाे पनि सुनेँ ।  याे समाचारले मलाई गम्भीर र भाबुक बनायाे । मैले तपाईंलाई चिनेको...