Dabali News

  • Ad

मेरो कामले मेरै पार्टीका नेता आतंकितः ऊर्जामन्त्री प्रभाकर

prabhakar

१६ पुस

पोखरा ।

ऊर्जामन्त्री एवं माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ले आफ्नो मन्त्रालयमार्फत गरेको जनमुखी कामको पार्टीले स्वामित्व लिन नसकेको गुनासो गरेका छन् ।

माओवादी केन्द्र कास्कीले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री प्रभाकरले लोडसेडिङमुक्त नेपाल बनाएर कमाएको जनमतको स्वामित्व पार्टी पंक्तिले नसकेको बताएका हुन् ।

“लोडसेडिङमुक्त नेपाल बनाएपछि बिजुलीको मुखै नदेखेका दुरदराजका जनता समेत खुशी भएका छन् तर जनार्दनले ‘क्रेडिट’ पाउँछ भन्ने आतंकले पार्टीकै कतिपय नेतालाई सताएको छ, अनि कसरी बन्छ पार्टी ?” उनले थपे, “यो सवै काम मैले प्रधानमन्त्री प्रचण्डको निर्देशनमा गरेको हुँ, यो काम सरकारले गरेको हो, मलाई क्रेडिट चाहिँदैन तर ऊर्जा मन्त्रालयले गरेको उपलब्धिलाई पार्टी निर्माणमा प्रयोग गर्नुस् , मलाई यत्ति भए पुग्छ ।”

ऊर्जा मन्त्रालयको कामले देशव्यापी रुपमा पाएको वाहवाहीलाई पार्टीका नेताहरुले समेत कतै उच्चारण नगरेको गुनासो गर्दै मन्त्री प्रभाकरले सरकारले गरेका राम्रा कामको स्वामित्व लिन नसके पार्टी बन्न नसक्ने ठोकुवा गरे ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका मन्त्री प्रभाकरले चार हजार केन्द्रीय सदस्य बनाएर पार्टी बन्न नसक्ने धारणा व्यक्त गरे । पार्टी एकीकरण हुँदा बैचारिक कार्यदिशा ठोस गरिएपनि संगठनात्मक अन्यौल हटाउन नसकेको कारण संगठन भद्रगोल भएको टिप्पणी उनले गरे । स्वच्छ प्रतिष्पर्धाद्धारा नेता चुन्ने परिपाटीको विकास नगरेसम्म पार्टी बन्न नसक्ने ठोकुवा गरे ।

कमिसन खाएर मिटर विगार्ने काँग्रेस-एमाले निकट १२ कर्मचारी पक्राउ 

pakrau

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका १२ कर्मचारीलाई  प्रहरीले विद्युत चोरीकाे अाराेपमा पक्राउ गरेकाे छ । पक्राउन पर्नेमा नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १२ कर्मचारी र चार जना व्यवसायी छन् । कमिसन खाएर उद्याेगका मिटर विगारेर कम बिलिङ गर्ने बालाजु क्षेत्रका सुपरभाइजर सुमन श्रेष्ठसहित...

खर्च गर्ने पर्यटक हामीले चाहेका हाैँः मन्त्री शाही

jeevan-bdr-shahi

काठमाडौँ । नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाहीले नेपालको विकास नेपाल सरकारका साथै निजी क्षेत्रको पहलकदमीमा सम्भव हुने बताएका छन् । नेपाल र क्यानडाको ५२औ कुटनीतिक सम्बन्ध स्थापना भएको अवसरमा अवसरमा नेपाल–क्यानडा मैत्री तथा साँस्कृतिक संघद्धारा आयोजित अन्तरक्रियामा उनले भने,...

बिहाबरमा प्याराग्लाइडिङको परीक्षण उडान

pyragaladaing

काभ्रे । जिल्लाकाे बिहाबरमा प्याराग्लाइडिङको परीक्षण उडान भएको छ । बाबु एडभेन्चर प्याराग्लाइडिङले शनिबार बिहाबरको कुशादेवीस्थित गुर्दुमडाँडाबाट तीनवटा परीक्षण उडान गरेको हो । स्थानीय क्षेत्र (रयाले र कुशादेवी)को पर्यटन प्रवर्धनकाे लागि ‘बिहाबर क्षेत्र सरोकार समाज’को पहलमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको समाजका सचिव...

ऊर्जामन्त्रीले भने-अब देशभर लोडसेडिङकाे अन्त्य

prabhakar

सन्धीखर्क । ऊर्जामन्त्री जर्नादश शर्मा ‘प्रभाकर’ले देशभर लोडसेडिङको अन्त्य गर्ने तयारीमा भइरहेको बताएका छन् । बिहीबार अर्घाखाँची महोत्सवको सन्धीखर्कमा उद्घाटन गर्दै ऊर्जामन्त्री प्रभाकरले ‘अब देशभर नै लोडसेडिङ अन्त्य गर्ने तयारीमा ऊर्जामन्त्रालय लागिरहेको छ । थप उत्पादन र वितरणको कामलाई पनि सँगसँगै लगिने...