Dabali News

Ad

चुनौतीको सामना गर्न तयार छुः ऊर्जामन्त्री

१५ पुस

कास्की ।

ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले उज्यालो नेपाल बनाउने अभियानमा विभिन्न तत्व निरन्तर बाधा हालिरहेको बताएका छन् ।

कास्की जिल्लाको सिल्दुजुरे गाविसस्थित माथिल्लो मादी जलविद्युत आयोजनाको उद्घाटन गर्दै मन्त्री प्रभाकरले यस्तो बताएका हुन् ।

आफु मन्त्री भएदेखि अहिलेसम्म ५ वटा मुद्दाको सामना गरिरहेको स्मरण गराउदै उहाँले यस्तो हर्कतले उज्यालो नेपाल बनाउने अभियानमा बाधा खडा गर्न खोजेको बताए । कतिपयले ऊर्जा कहाँ बेच्ने भन्ने चिन्ता व्यक्त गरिरहेको भन्दै बेच्नेतिर मात्र नभई स्वदेशमै खर्च गर्ने योजना रहेको बताए ।

इमान्दारितार्पूक र विधिसम्मत ढंगले काम गर्दा पनि अनावश्यक राजनीति गरेर हैरान पारिएको गुनासो गर्दै मन्त्री प्रभाकरले भने, “काम गर्न नदिएर हैरान पार्ने गरिएको छ तर म निराश हुँदैन, उज्यालो नेपाल र समृद्ध नेपालको लागि जस्तोसुकै चुनौतिको सामना गर्न पनि तयार छु ।”
जलविद्युत आयोजनाबाट प्रभावित जनताको लागि १० प्रतिशत र अन्य क्षेत्रका जनताको लागि २० प्रतिशत गरी ३० प्रतिशत शेयर जनताको लागि वितरण गर्ने नीति सरकारले बनाएको जानकारी दिए ।

काँग्रेस सांसद यज्ञबहादुर थापाले वर्तमान सरकारमा ऊर्जा मन्त्रालयको काम सबैभन्दा प्रभावकारी देखिएको भन्दै नीजि क्षेत्रको लगानी प्रोत्साहित हुनेगरी काम गर्न सुझाव दिए ।

एमाले सांसद एवं विकास समितिका सभापति रविन्द्र अधिकारीले ४ नम्बर प्रदेशमा संचालित जलविद्युत आयोजनाले मुलुकमा ५३ प्रतिशत विद्युत आपूर्ति गरेको भन्दै यस प्रदेशलाई अँध्यारोमुक्त बनाउन माग गरे । सभापति अधिकारीले पर्यटकीय नगरी पोखरालाई तत्काल लोडसेडिङमुक्त बनाउन सरकारको ध्यानाकर्षण समेत गराए ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६९ पुस १३ गते माथिल्लो मादी जलविद्युत आयोजनाको शिलान्यास गरेका थिए । मादी पावर प्रालिका बिजयबाबु मल्लको २० प्रतिशत र चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनको ८० प्रतिशत लगानी रहेको यस आयोजनाको कुल लागत ७ अर्ब रहेको छ ।

चार वर्ष लगाएर निर्माण सम्पन्न भएको आयोजनाबाट आजदेखि केन्द्रीय प्रसारण लाईनमा साढे १२ मेगावाट बिद्युत थपिएको छ ।

आयोजनाबाट असारदेखि कात्तिकसम्म मात्र पूर्ण क्षमता अर्थात २५ मेगावाट विद्युत उत्पादन हुन्छ । बाँकी ८ महिना आधाभन्दा कम मात्र विद्युत उत्पादन हुन्छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com

Ad